Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगहिमालयको साउदी उडान स्थगित

हिमालयको साउदी उडान स्थगित


काठमाडौं, चैत ३
नेपालबाट अन्तर्राष्ट्रिय उडान भर्ने निजी क्षेत्रको वायुसेवा प्रदायक कम्पनी हिमालय एयरलाइन्सले साउदी अरब गन्तव्यको उडान स्थगन गरेको छ । कम्पनीले आइतबार जरुरी सूचना निकालेर मार्च १५ देखि मार्च २८ २०२० सम्मका लागि काठमाडौँ–दमाम–काठमाडौँ उडान स्थगन गरेको जनाएको हो ।

कोभिड–१९ को प्रकोप फैलिन नदिन साउदी सरकारले मार्च १५ देखि दुई साताका लागि अस्थायी प्रतिबन्ध लगाएकाले उडान रोक्नुपरेको कम्पनीले उल्लेख गरेको छ । उडानका लागि टिकट लिइसकेका यात्रुले अतिरिक्त शुल्कविना, यात्राको मिति परिवर्तन गर्ने आफ्नो ट्राभल अथवा बुकिङ एजेन्टसँग सम्पर्क राख्न पनि अनुरोध गरेको छ । कम्पनीले यसअघि चीनका पाँचवटै गन्तव्यको उडान स्थगन गरिसकेको छ भने गत फागुन २७ देखि लागू हुनेगरी कतारको दोहा गन्तव्यको उडान रोक्ने निर्णय गरेको थियो ।

कतारले नेपालसहित १४ देशका नागरिकलाई प्रवेशमा अस्थायी प्रतिबन्ध लगाएकाले अर्को सूचना जारी नभएसम्मका लागि हाललाई दोहा उडान रोकिएको कम्पनीले सूचनामा उल्लेख गरेको छ । त्यस्तै राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले पनि फागुन २७ देखि लागू हुनेगरी कतारको दोहामा गर्दै आएको नियमित उडान अर्को निर्णय नभएसम्म हाललाई स्थगन गरेको विज्ञप्तिमार्फत जनाएको थियो ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया