मनकामना दर्शनद्वारा फोहोर व्यवस्थापनको लागि गाउँपालिकालाई ट्र्याक्टर र ट्रेलर हस्तान्तरण
काठमाडौं । मनकामना दर्शन प्रालिले फोहोर व्यवस्थापनको लागि सहिद लखन गाउँपालिकालाई ट्र्याक्टर र ट्रेलर हस्तान्तरण गरेको छ । कम्पनीले आफ्नो व्यावसायिक सामाजिक उत्तरदायित्वअन्तर्गत गाउँपालिकालाई विशेषतः वडा नं. २ र ३ को फोहोर व्यवस्थापन कार्यको लागि १ थान महिन्द्रा ट्याक्टर र हाइड्रोलिक ट्रेलर हस्तान्तरण गरेको हो । कुरिनटारस्थित अग्नी इन्कर्पोरेटेड प्रालिको अफिस प्रांगणमा सोमबार आयोजित कार्यक्रममा कम्पनीका निर्देशक राजेश बाबु श्रेष्ठले गाउँपालिका अध्यक्ष रमेश बाबु थापालाई उक्त सामग्री हस्तान्तरण गरेका हुन् ।
उक्त कार्यक्रममा गाउँपालिका उपाध्यक्ष, वडा नं.२, ३ र ४ का वडाध्यक्ष, फोहोरमैला व्यवस्थापनका समितिका अध्यक्ष तथा सदस्यहरुको लगायत यस प्रालिका उच्च व्यवस्थापनका कर्मचारीहरुको सहभागिता थियो । उक्त ट्र्याक्टरले मनकामना क्षेत्रको फोहोर व्यवस्थापन र पर्यावरणमा समेत सकारात्मक कार्य एवं सशक्त प्रभाव रहने कम्पनीको विश्वास छ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #3
ताजा अपडेट
- नेपालमा फेरि बढ्न थाल्यो कोभिड, नयाँ भेरिअन्ट आएको हुनसक्छ?
- वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि टेलिमेडिसिन सेवा सुरु
- बिग्रिए राष्ट्रिय पुस्तकालयका किताब, संरक्षणका लागि ८५ लाख माग
- अख्तियारको वार्षिक प्रतिवेदन संसद्मा पेश
- सांसदको एक स्वर:मिटरब्याज पीडितको समस्या समाधान गरौँ
- ब्रिटिश युवा पर्यटकलाई निरुत्साहित पार्दै एम्सटरडम
- बजेटका बेला आर्थिक प्रशासन अलमलमा पर्ने आशङ्का
- ‘पर्यटनमार्फत गण्डकीमा समृद्ध हासिल गछौँ’
धेरैले पढेको
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- जनता कति टुलुटुलु हेरेर बस्ने ?
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- सेयर लगानीकर्तालाई सचेतना तालिम आयोजना
तपाईको प्रतिक्रिया