तेस्रो संस्करणको नेपाल ट्रेड समिट २०२५ मा काठमाडौंमा हुने
काठमाडौं । तेस्रो संस्करणको नेपाल ट्रेड समिट सन् २०२५ मा काठमाडौंमा गर्ने घोषणा गर्दै दोस्रो संस्करण सकिएको छ । नेपालमा सिमेन्ट, स्टिल र कोइला व्यवसायको चुनौती र सम्भावनाबारे बृहत् छलफल गर्न भारतको स्टिलमिन्ट ग्रुपले आयोजना गरेको दुईदिने दोस्रो नेपाल ट्रेड समिट बिहीबार सम्पन्न भएको हो ।
सम्मेलनमा स्टिल, सिमेन्ट र कोइला व्यवसायसम्बद्ध विभिन्न पाँच विषयमा गहन छलफल भएको छ । उपप्रधान र भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले बुधबार उद्घाटन गरेको कार्यक्रममा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव मधुकुमार मरासिनी, कन्फेडेरेसन अफ एसिया प्यासिफिक चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्रीका उपाध्यक्ष तथा नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष प्रदीपकुमार श्रेष्ठ, नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्ल, नेपाल सिमेन्ट उत्पादक संघका अध्यक्ष ध्रुव थापा र नेपाल उद्योग परिसंघका उपाध्यक्ष वीरेन्द्रकुमार पाण्डेले सम्बोधन गरेका थिए । त्यसपछिका प्राविधिक सत्रमा विभिन्न पाँच विषयमा छलफल भएको आयोजकले जनाएको छ ।
पहिलो दिनको प्राविधिक सत्रमा युज अफ स्पन्ज आइरन फर द प्रडक्सन अफ फ्ल्याट एन्ड लङ प्रडक्ट्स थ्रु आईएफ रुट अफ स्टिल मेकिङ र स्टिल मेल्टिङ टेक्नोलोजिज एन्ड इम्प्रुभिङ इफिसिइन्सिज शीर्षकमा छलफल भएको थियो । यस्तै दोस्रो दिनको सत्रमा र मेटेरियल सोर्सिङ अप्सन फर नेप्लिज स्टिल इन्डस्ट्रिज, आउटलुक अन नेप्लिज सिमेन्ट इन्डस्ट्रिज र ¥यासनलाइजेसन अफ इन्पुट कस्ट्स इन स्टिल मेकिङ शीर्षकमा सम्बन्धित क्षेत्रका विज्ञ र सहभागीबीच छलफल भएको थियो । नेपाल, भारत अन्य देशका गरी दुई सय ७० जनाभन्दा बढी प्रतिनिधिको सहभागिता रहेको सम्मेलनमा विश्वव्यापी स्टिल बजारको बदलिँदो गतिशीलताबारे पनि छलफल भएको थियो । सम्मेलन निकै फलदायी रहेको सहभागीहरूको प्रतिक्रिया छ । सम्मेलनको तेस्रो संस्करण सन् २०२५ मा काठमाडौंमा गर्ने स्टिलमिन्ट ग्रुपका सीएमओ सुमित अग्रवालले बताए ।
प्लाटिनम पार्टनर इलेक्ट्रोथर्म रहेको यो सम्मेलनमा गोल्ड पार्टनरको रूपमा विजय स्टिल, जीवानी फ्युल्स प्रालि र अशोक स्टिल थिए । त्यसैगरी, सिल्भर पार्टनरमा मेगाथर्म र इन्डक्टोथर्म ग्रुप थिए । समिटलाई नेपाल चेम्बर अफ कमर्स, नेपाल निर्माण व्यवसायी महासंघ, नेपाल सिमेन्ट उत्पादक संघ, स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान) र नेपाल उद्योग परिसंघको सहयोग थियो ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #Page 8
ताजा अपडेट
- नमुना एकीकृत बस्ती निर्माण अलपत्र
- रूपान्तरणको अभियान दूरदराजमा पु-याउन आवश्यक छ : प्रधानमन्त्री
- एकल महिलालाई वडाको साथ
- बाल सुधार गृहमा क्षमताभन्दा दोब्बर बालक
- प्रहरीले खोज्न थाल्यो बेवारिसे मोटरसाइकलका धनी
- युवा र खेलाडीलाई सबैभन्दा बढी महत्व दिएको छु : प्रधानमन्त्री दाहाल
- धनुषामा दुईवटा ट्रक ठोक्किँदा तीनजनाको मृत्यु
- समाजका हरेक क्षेत्रमा महिला सहभागिता आवश्यक छ : प्रधानमन्त्री दाहाल
धेरैले पढेको
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- जनता कति टुलुटुलु हेरेर बस्ने ?
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- क्रसर उद्योग सञ्चालन सम्बन्धमा सरकार नै अन्योलमा देशभर निर्माण क्षेत्र ठप्प
तपाईको प्रतिक्रिया