Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठअटो बजारनेपाली बजारमा आयो नयाँ पुस्ताको फोर्ड एभरेष्ट

नेपाली बजारमा आयो नयाँ पुस्ताको फोर्ड एभरेष्ट


काठमाडौं । जिओ अटोमोबाइल्स प्रालिले नेपाली बजारमा नयाँ संस्करणको नेक्स्ट जेन फोर्ड एभरेष्ट भित्र्याएको छ । शक्तिवान, परिष्कृत र रोमाञ्चक ड्राइभलाई मध्यनजर गरी बनाइएको यस एसयूभीमा असाधारण आराम, ग्राहक केन्द्रित टेक्नोलोजीका साथ एड्भेन्चर रेडी फिचरहरु पनि रहेको छ ।

नेक्स्ट जेन फोर्ड एभरेष्ट नेपालमा २.० लिटर वि–टर्बो डिजेल इन्जिनमा १०–स्पिड अटोमेटिक ट्रान्समिसनका साथ उपलब्ध छ । यसले २१० पीएस पावर र ५०० एनएम टर्क प्रदान गर्दछ । जीओ अटोमोबाइल्सका प्रबन्धनिर्देशक आकाश गोल्छाले नेक्स्ट जेन फोर्ड एभरेष्टले नेपाली ग्राहक तथा एड्भेन्चर प्रेमीहरुले अपेक्षा गरेभन्दा माथि उत्रिन सफल हुने बताए । यसको परिष्कृत मूल्यले नेक्स्ट–जेन एभरेष्ट धेरै नयाँ ग्राहकहरुको इच्छाएको र छनौटको एसयूभी बन्नेमा पनि कम्पनी विश्वस्त रहेको जानकारी दिए ।

बाहिरबाट शक्तिवान, भित्री आरामदायी : पूर्ण चौडाइको कोस्ट–टू–कोस्ट इन्स्ट्रुमेन्ट प्यानल र सेन्टर कन्सोलद्वारा विस्तारित फराकिलोपनको आभास दिँदै, नेक्स्ट–जेन एभरेष्टले आरामदायी र सुविधाजनक ड्राइभको लागि वायरलेस चार्जिङ र इलेक्ट्रिक पार्किङ ब्रेकजस्ता अन्य धेरै सुविधाहरू प्रदान गर्दछ । दुवै दोस्रो र तेस्रो पङ्क्तिका सिट सुरक्षित लामो यात्राको लागि फ्ल्याट फोल्ड डिजाइन गरिएको छ । फोर्डको ग्लोबल डिजाइन डीएनएअन्तर्गत सी–क्ल्याम्प हेडल्याम्प र बलियो तेर्सो माथिल्लो ग्रिल बारमा प्रतिविम्बित हुन्छ । अगाडिको छेउमा तेर्सो र ठाडो तत्वहरूको मिश्रणले यसको उपस्थितिलाई थप दह्रिलो बनाउँछ ।

नेक्स्ट–जेन फोर्ड एभरेष्ट आकर्षित र साहसिक यात्राको लागि यसको केन्द्रीय क्षमताको साथ डिजाइन गरिएको छ । प्रिमियमस्तरको कलाकौशलले भित्री भाग बनाइएको छ जसमा सात जनासम्मलाई शान्त र परिष्कृत वातावरणका साथै उत्कृष्ट प्रविधि र सुरक्षाले प्रत्येक यात्रालाई थप यादगार बनाउँछ ।

ग्राहक केन्द्रित प्रविधि : नवीनतम प्रविधिको ठूलो र उच्च रिजोल्युसन भएको १२ इन्चको पोट्र्रेट टचस्क्रिन र १२.४ इन्चको डिजिटल इन्स्ट्रुमेन्ट प्यानल यसमा जडित छ र नेक्स्ट–जेन एभरेष्ट फोर्डको नवीनतम एसवाईएनसी४ए आर प्रणाली छ । ड्राइभर असिस्ट टेक्नोलोजीहरूको नयाँ सुइटले भरिएको, नेक्स्ट–जेन एभरेष्टले तपाईंलाई र तपाईंको परिवारलाई सुरक्षित राख्न मद्दत गर्दछ । एक्टिभ पार्क असिस्ट २.० ले बटन थिच्दा पार्किङको तनाव कम गर्न मद्दत गर्छ साथै स्टप एण्ड गोको साथमा नयाँ क्रुज नियन्त्रण रहेको छ जसले चालकहरूलाई सडकमा थप आत्मविश्वास र कन्ट्रोलको महसुस गराउँछ । अन्य नयाँ सुरक्षा सुविधाहरूमा सडक किनारा पत्ता लगाउने लेन–किपिङ प्रणाली, इभासिभ स्टीयर असिस्ट र रिभर्स ब्रेक समावेश छन् ।

साहसिक यात्राको लागि बनाइएको : नेक्स्ट–जेन एभरेष्टको ट्रयाकमा ५० एमएम वृद्धिले सडकमा थप नियन्त्रित सवार प्रदान गर्न मद्दत गर्छ र ट्विक्स टु डाम्पर सेटिङले फोर्ड टिमले एभरेष्टको अन–रोड र अफ–रोड सवारीमा थप रमाइलो र नियन्त्रित गर्न सहयोग दिएको छ । कुनै नयाँ ठाउँ एक्सप्लोर गर्न चाहेनका लागि दुईवटा फोर–ह्विल ड्राइभ प्रणाली, अन्डरबडी प्रोटेक्सन र अफ–रोड चयन गर्न मिल्ने ड्राइभ मोड र रियर लकिङ डिफरेन्सियल, दुई फंक्सनल टो हुक अपफ्रन्ट साथै एक्सेसरिजका लागि अपफिटर स्विचको विकल्पसहित नेक्स्ट–जेन एभरेष्ट जान तयार छ । यसमा दुई ४डब्लूडी प्रणालीहरू छन् ।


क्याटेगोरी : अटो बजार, कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3

तपाईको प्रतिक्रिया