उद्योग वाणिज्य संघको अध्यक्षमा श्रेष्ठ
काठमाडौं । दोलखा उद्योग वाणिज्य संघको अध्यक्षमा इन्द्र बहादुर श्रेष्ठ निर्विरोध निर्वाचित भएका छन् । संघको आइतबार सम्पन्न २३औँ वार्षिक साधारणसभा तथा १५औँ अधिवेशनले श्रेष्ठलाई दोस्रो कार्यकालका लागि अध्यक्षमा निर्वाचित गरेको हो ।
यस्तै अधिवेशनले श्रेष्ठको अध्यक्षतामा सर्वसम्मत १६ सदस्यीय नयाँ कार्यसमिति समेत चयन गरेको छ । संघको विधानमा अधिवेशनबाट अध्यक्षसहितका सदस्य चयन हुने र संघको पहिलो बैठकले पदाधिकारी तोक्ने व्यवस्था छ । संघको कार्यसमितिमा प्रथम उपाध्यक्ष, द्वितीय उपाध्यक्ष, महासचिव, सचिव र कोषाध्यक्ष र बाँकी सदस्यहरु रहनेछन् । अधिवेशन सकिएलगत्तै आइतबार नै बसेको संघको पहिलो बैठकले केही पदाधिकारी समेत चयन गरेको छ ।
संघको प्रथम उपाध्यक्षमा दिनेश पाठक, महासचिवमा सुरेश उप्रेती र कोषाध्यक्षमा श्यामकृष्ण कायस्थ चयन भएका छन् । द्वितीय उपाध्यक्ष, सचिव भने चयन हुन बाँकी रहेको संघका अध्यक्ष श्रेष्ठले जानकारी दिए । यस्तै संघको सदस्यहरुमा कल्पना श्रेष्ठ, अनिल रिजाल, हिमाल प्रसाद न्यौपाने, श्यामसुन्दर शिवाकोटी, बलराम थापा, राजन थापा, विमल श्रेष्ठ, प्रविण श्रेष्ठ, नारायण बहादुर श्रेष्ठ, रामशरण बस्नेत, सुरेन्द्र उप्रेती र रामकुमार खड्का छन् ।
संघको वार्षिक साधारणसभा तथा अधिवेशनको उद्घाटन नेपाल उद्योग वाणिज्य महासंघका जिल्ला/नगर उपाध्यक्ष दिनेश श्रेष्ठले गरेका थिए । उक्त कार्यक्रममा संघलाई विभिन्न समयमा सहयोग गर्ने व्यक्ति तथा संघ/संस्थाहरुलाई सम्मान समेत गरिएको थियो । यसअघि फागुन १३ गतेका लागि तय भएको अधिवेशन विवादका कारण रोकिएको थियो ।
संघको वर्तमान कार्यसमितिले अवैध ढंगबाट निर्वाचन समिति बनाएको भन्दै व्यवसायीहरुले संघको कार्यालयमा तालाबन्दी गरेपछि अधिवेशन रोकिएको थियो । त्यसपछि भएको छलफलले सर्वसम्मत रुपमा नेतृत्व चयन गरेको र त्यसलाई आइतबार सम्पन्न अधिवेशनले अनुमोदन गरेको हो ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3
ताजा अपडेट
धेरैले पढेको
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- जनता कति टुलुटुलु हेरेर बस्ने ?
- बाँझो जग्गामा सामूहिक आलु खेती
तपाईको प्रतिक्रिया