बैतेश्वरमा स्थानीय तह कर्मचारी युनियन गठन
दोलखा । जिल्लाको बैतेश्वर गाउँपालिकामा स्थानीय तह कर्मचारी युनियन गठन गरिएको छ । युनियनको अध्यक्षमा बैतेश्वर गाउँपालिकाका सूचना अधिकृत इन्जिनियर रोशन कुमार गिरी सर्वसम्मत रुपमा चयन भएका छन् ।
गिरीको अध्यक्षतामा नौ सदस्यीय समिति पनि सर्वसम्मत चयन गरिएको छ । समितिको उपाध्यक्षमा सरस्वती जिरेल, सचिवमा सूर्य बहादुर थापा, कोषाध्यक्षमा वासुदेव दाहाल चयन भएका छन् । त्यस्तै सदस्यहरुमा रबिन्द्र खत्री, कृष्ण जिरेल, सलिना तामाङ, राम तामाङ र दिल बहादुर श्रेष्ठ चयन भएको निर्वाचन समितिले जनाएको छ । गाउँपालिकाका प्रेस संयोजक सुबास बस्नेतको संयोजकत्वमा तीन सदस्यीय निर्वाचन समिति बनेको थियो ।
निर्वाचित पदाधिकारीहरुलाई बैतेश्वर गाउँपालिका अध्यक्ष छबि लामाले सफल कार्यकालको शुभकामना दिँदै कर्मचारीहरुको हकहित हुने गरी आफूले काम गर्ने बताए । त्यस्तै कार्यक्रममा बैतेश्वर गाउँपालिकाकी उपाध्यक्ष कल्पना उप्रेती, बैतेश्वर गाउँपालिका जनस्वास्थ्य निरीक्षक रुपेश चापागाईं, नेपाली कांग्रेस बैतेश्वरका सचिव यादव तामाङलगायतले नवनिर्वाचित बैतेश्वर गाउँपालिका कर्मचारी युनियनका पदाधिकारीलाई शुभकामना दिएका थिए ।
कार्यक्रम स्थानीय तह कर्मचारी युनियन दोलखाका अध्यक्ष युधिष्ठिर केसीको अध्यक्षतामा सम्पन्न भएको थियो ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग, पालिका समाचार, गाउँ पालिका
ट्याग : #page 3
ताजा अपडेट
धेरैले पढेको
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- जनता कति टुलुटुलु हेरेर बस्ने ?
- बाँझो जग्गामा सामूहिक आलु खेती
तपाईको प्रतिक्रिया