नेपालमा लैंगिक समानता र महिलाहरूको वृद्धिका लागि भिभोको समर्थन
काठमाडौं । भिभोले सबै लिंगहरूलाई समान रूपमा कदर गर्दै परिवर्तनलाई अघि बढाउने सबै महिलाहरूलाई प्रोत्साहित गर्ने गरेको जनाएको छ । भिभोले आफ्नो ‘बेन्फेन’ अर्थात् ‘सही कामहरु गर्ने र सही तरिकाले गर्ने’ मिसनमा समेत जोड दिँदै आएको छ । यसरी, महिलाहरुको भलाइका लागि प्रविधि निर्माण गरेर समाजमा महिलाहरूलाई सशक्तीकरण गर्न भिभो प्रतिबद्ध रहेको पनि उल्लेख गरेको छ ।
निरन्तर प्राविधिक विकास र नवप्रवर्तनको माध्यमबाट उनीहरूले महिलालाई प्रभाव पार्न र सशक्तीकरण गर्न सक्छन् भन्ने विश्वास भिभोको छ । उनीहरू समाजमा समतामूलक वृद्धि सुनिश्चित गर्न आवश्यक परिवर्तन ल्याउन कम्पनी निरन्तर प्रयासरत रहेको पनि जनाएको छ । देशमा उद्यमशीलता र दीर्घकालीन आर्थिक स्थायित्वलाई सहयोग गर्ने प्रयासमा भिभोले ग्रामीण महिलाहरुको जीवनमा प्रभाव पार्न ठूलो काम गरेको जनाएको छ । यसले महिलाहरूलाई व्यवसायीहरूसँग जोड्न, व्यापार सम्बन्ध स्थापना गर्न र समाजमा परिवर्तन ल्याउन मद्दत गरेको कम्पनीको दाबी छ ।
नेपालमा महिलाहरूमा भिभोले गरेको प्रभावलाई प्रतिविम्बित गर्न केही उदाहरणहरू समेत प्रस्तुत गरेको छ । कम्पनीका अनुसार विमला खतिवडाको धरानमा एउटा पसल छ, जुन पूर्ण रुपमा महिलाले मात्र चलाउँछन् । उनले २०६८ सालमा मोबाइल व्यवसाय सुरु गरेकी हुन् । त्यतिबेला न कुनै महिलाद्वारा सञ्चालित पसलहरु थिए न पसलमा महिला कर्मचारी हुने गर्थे । अहिले पनि स्वतन्त्र रूपमा मोबाइल पसल चलाउने महिला धेरै छैनन् ।
सुरुवाती दिनहरूमा, ग्राहकहरूले लैंगिक समानता र स्टिग्माका कारण उनको सीप र ज्ञानमा शंका गर्थे । तर चाँडै परिदृश्य परिवर्तन भयो र उनीलाई ग्राहकहरुले एक प्रोफेसनलको रुपमा चिन्न थाले र उनी यस क्षेत्रमा एक प्रमुख व्यवसायी बन्न सफल भइन् । यस क्षेत्रमा महिलाहरूका लागि कुनै विशेष सुविधा नहुँदा पनि उनी यस क्षेत्रमा भिभोका लागि शीर्ष व्यापारीहरूमध्ये एक भइन् । यी सबै वर्षहरूमा, भिभोले उनलाई हरेक उत्तरचढावमा समर्थन गरेको कम्पनीको दाबी छ । उनको व्यवसायको वृद्धि गर्न र यस उद्योगमा आफ्नो पहिचान बनाउन कम्पनीले मद्दत गरेको जनाएको छ ।
यस्तै अनिता श्रेष्ठ काठमाडौं उपत्यकाको बाहिरी भेगकी एक महिला व्यवसायी हुन् । उनले विगत तीन वर्षदेखि भिभो स्मार्टफोन बिक्री गर्दै आइरहेकी छन् । महिला उद्यमी भए पनि उनले त्यस्तो कुनै बाधा व्यवधानको सामना गर्नुपरेको छैन, तर स्मार्टफोन उद्योग अत्यधिक पुरुषप्रधान उद्योग भएको र अझै पनि यस व्यवसायमा धेरै महिलाको आवश्यकता रहेको उनको बुझाइ छ । उनी भिभोबाट प्राप्त निरन्तर सहयोग र प्रोत्साहनको लागि धेरै आभारी छिन् । उनी महिला दिदीबहिनीहरुलाई आफ्नो बन्धन तोड्न र उद्यमशीलतामार्फत आफूलाई सशक्त बनाउन प्रोत्साहित गर्छिन् ।
नुनिता कायस्थ बनेपामा पसल चलाउँछिन् । उनी विगत पाँच वर्षदेखि यस उद्योगमा छिन् र सुरुवाती दिनदेखि नै सक्रिय रूपमा भिभोसँग काम गरिरहेकी छिन् । उनले बृहत् अर्थतन्त्रका कारकहरूबाहेक अरू कुनै त्यस्ता समस्याको सामना गरेकी छैनन् तर स्मार्टफोन उद्योगमा महिलाहरूको सहभागिता स्पष्ट रूपमा धेरै कम भएको महसुस गर्छिन् ।
उनी भिभोबाट प्राप्त निरन्तर सहयोग र आफूलाई उच्च क्षमता र विकास गर्ने अवसर प्रदान गरेकोमा भिभोको प्रशंसा गरिन् । यो निरन्तर सहयोगले उनलाई आफू र आफ्ना कर्मचारीहरूको लागि उत्कृष्ट वित्तीय परिणामहरू मापन गर्न मद्दत गरेको छ । उनले युवा महिला उद्यमीहरूलाई उनीहरूको सीपमा विश्वास गर्न र आफैँमा काम गरिरहन आग्रह गर्छिन् । यी सबै उद्यमीहरू नेपालमा परिवर्तनकारी र महिला सशक्तीकरणका वास्तविक उदाहरण हुन् । यी महिलाहरूले पुरानो सामाजिक संरचनालाई पार गरेर समाजलाई विकास गर्ने र समृद्ध नेपाल बनाउने आशा जगाएका छन् । यो महिला दिवसमा भिभोले उनीहरुलाई अगाडि बढ्न र अरुलाई पनि हौसला दिन प्रोत्साहन गर्ने जनाएको छ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3
ताजा अपडेट
- आगलागीबाट ७९ घर जले, एकको मृत्यु
- उपनिर्वाचनमा सेना परिचालन गर्न स्वीकृति प्रदान
- डेभलपमेण्ट बैंकर्स एशोसिएसन नेपालको प्रमुख कार्यकारी अधिकृतमा डंगोल नियुक्त
- सिटिजन लाइफद्वारा जेन जेड लक्षित कार्यक्रम सञ्चालन
- सय दिनको रोजगारीको लागि १५ हजार बढीको आवेदन
- सूर्य नेपाल काठमाडौं ओपनको दोस्रो दिन दिनेश र भुवन शीर्षस्थानमा
- कर्णाली डेभलपमेन्ट बैंकले कमायो दुई करोड ८८ लाख
- स्वालम्वन लघुवित्तको तेस्रो त्रैमासिक नाफा ११ करोड ८६ लाख
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया