लाइफबोय आईसीसी पुुरुष क्रिकेट विश्व कप लिग २ को हाइजिन पार्टनर
काठमाडौं । आईसीसी पुरुष क्रिकेट विश्वकप लिग २ को लागि हाइजिन पार्टनरको रूपमा आफ्नो संयोजन घोषणा गरेको छ ।
युनिलिभर नेपालको एक चर्चित स्वच्छता ब्रान्ड लाइफबोयले अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) पुरुष क्रिकेट विश्वकप लिग २ प्रतियोगिताको लागि आधिकारिक हाइजिन पार्टनरको रूपमा आफ्नो संयोजन घोषणा गरेको हो ।
अन्तर्राष्ट्रिय क्रिकेट मैदान कीर्तिपुरमा हुन गइरहेको आईसीसी पुरुष क्रिकेट विश्वकप लिग २ को लागि हाइजिन पार्टनरको रूपमा लाइफबोयको संयोजन खेलकुदमा स्वच्छता र सरसफाइ प्रवर्द्धन गर्न एक महत्वपूर्ण भूमिका खेल्ने बताइएको छ ।
लाइफबोयले टुर्नामेन्टको अवधिभर हात स्वच्छताको बारेमा जागरूकता प्रदान गर्नेछ । युनिलिभर नेपालको तर्फबाट लाइफबोयले नेपाल राष्ट्रिय क्रिकेट टोलीलाई उत्कृष्ट प्रदर्शन र आगामी सफलताको लागि हार्दिक शुभकामना व्यक्त गरेको छ ।
आईसीसी पुरुष क्रिकेट विश्व कप लिग २ अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) द्वारा आयोजना गरिएको त्रिदेशीय क्रिकेट प्रतियोगिता हो । दुबईमा सम्पन्न त्रिदेशीय शृंखलामा नेपालले आईसीसी पुरुष क्रिकेट विश्वकप लिग २ मा युएई र पीएनजीसँग खेलेका चारमध्ये तीन खेलमा जित हात पारेको थियो । तीन टोलीले नेपालमा अर्काे त्रिदेशीय शृंखलाका लागि मार्च ९ देखि १६ सम्म भिड्नेछन् ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3
ताजा अपडेट
- अख्तियारको वार्षिक प्रतिवेदन संसद्मा पेश
- सांसदको एक स्वर:मिटरब्याज पीडितको समस्या समाधान गरौँ
- ब्रिटिश युवा पर्यटकलाई निरुत्साहित पार्दै एम्सटरडम
- बजेटका बेला आर्थिक प्रशासन अलमलमा पर्ने आशङ्का
- ‘पर्यटनमार्फत गण्डकीमा समृद्ध हासिल गछौँ’
- मिटर ब्याज पीडितको माग पूरा गर्न सांसदको माग
- नेपाल–भारत सीमा समन्वय बैठक
- सेयर बजारमा सामान्य अंकको बृद्धि
धेरैले पढेको
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- जनता कति टुलुटुलु हेरेर बस्ने ?
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- सेयर लगानीकर्तालाई सचेतना तालिम आयोजना
तपाईको प्रतिक्रिया