आईएमई अटोमोटिभ्सको ‘महिला सशक्तीकरण अभियान’
काठमाडौं । अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा एस्कर्ट्स नेपालको आधिकारिक वितरक आईएमई अटोमोटिभले महिला सशक्तीकरणका लागि नयाँ अभियान सुरु गरेको छ । यस अभियानअन्तर्गत सैद्धान्तिक एवम् व्यावहारिक ज्ञानसहितको निःशुल्क तालिम प्रदान गरिनेछ ।
उक्त तालिममार्फत महिलाहरूलाई ब्याकहो लोडर चलाउने सीप हासिल गर्न, सवारीसाधनको इजाजतपत्र प्राप्त गर्न मद्दत गर्न साथै सम्बन्धित क्षेत्रमा सुरक्षित रोजगारीका अवसरहरू खोज्न मद्दत गर्ने उद्देश्य कम्पनीले लिएको छ । यस्ता अभियानहरुले महिला सशक्तीकरणमा जोड दिँदै परम्परागत मान्यतामा परिवर्तन आउने कम्पनीले विश्वास लिइएको छ । आईएमई अटोमोटिभ्सका प्रमुख कार्यकारी अधिकृत हेमन्त पुराणिकले निर्माण उद्योगमा महिलाहरूले महत्वपूर्ण भूमिका खेल्न सक्ने आफूहरुको विश्वास रहेको बताए ।
उनले भने, ‘यो निःशुल्क तालिम प्रदान गरेर हामी महिलाहरूलाई सशक्तीकरण गर्ने र उनीहरूलाई सफल हुन आवश्यक पर्ने उपकरणहरू उपलब्ध गराउने आशा गर्छौँ ।’ कम्पनीका अनुसार यो अभियान सबै पृष्ठभूमि र उमेरका महिलाहरूका लागि खुला हुनेछ । तालिमको अन्त्यमा, सहभागीहरूले पूर्णताको प्रमाणपत्र प्राप्त गर्नेछन्, जसलाई सम्भावित रोजगारदाताहरूलाई आफ्नो नयाँ प्राप्त सीपहरू प्रदर्शन गर्न प्रयोग गर्न सकिनेछ ।
क्याटेगोरी : अटो बजार, कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3
ताजा अपडेट
- खल्ती र पीसीएसबीच समझदारी
- महिला लघुवित्तको तालिम
- आत्मनिर्भर अर्थतन्त्रमा नागरिक समुन्नति
- सन्दर्भ पार्टी परित्याग : सम्बन्धित सबैको होस खोल्ने नै छ
- महालेखाको प्राविधिक परीक्षण स्वागतयोग्य
- इको प्यानलद्वारा मजदुरको स्वास्थ्य परीक्षण
- ‘समिट वुमन अफ द इयर’ सम्पन्न
- फाप्लुको जंगलबीचमा बनेको वृद्धाश्रमको भवन अलपत्र
धेरैले पढेको
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- जनता कति टुलुटुलु हेरेर बस्ने ?
- बाँझो जग्गामा सामूहिक आलु खेती
तपाईको प्रतिक्रिया