पर्यटन प्रवर्द्धन र विकासमा सहयोग गर्न नाट्टाको आग्रह
काठमाडौं । नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा)ले पर्यटन प्रवर्द्धन र विकासमा सहयोग गर्न संयुक्त पर्यटन ट्रेड युनियनसँग आग्रह गरेको छ । नाट्टाका अध्यक्ष रमेश थापाले शनिबार विज्ञप्ति जारी गरी विगत केही दिनदेखि संयुक्त पर्यटन ट्रेड युनियन फोरमले नाट्टासँग केही माग राखेर वार्ता गरिरहेको अवस्थामा शुक्रबार नाट्टा सचिवालयमा ताला लगाउने काम भएको भन्दै यसले मुलुकको पर्यटन प्रवर्द्धन र विकासमा सहयोग नपुग्ने बताएका हुन् ।
‘सन् २०१५ को विनाशकारी भूकम्प, कोरोना र बैंक तथा वित्तीय संस्थाको चर्को ब्याजदरका कारण थला परेको नेपालको पर्यटन व्यवसायलाई पुनः जीवन दिन नेपालका पर्यटन व्यवसायीको अथक र धैर्यपूर्ण संघर्ष गरिरहेको अवस्थामा कार्यालयमा तालाबन्दी गरिनु गम्भीर विषय भएको छ’, अध्यक्ष थापाद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।
नाट्टाले नेपालको पर्यटन प्रवर्द्धनमा चाइना सेल्स मिसन, अन्तर्राष्ट्रिय बुद्धिष्ट सर्किट सेल्स मिसन, बुद्धिष्ट इन्टरनेशनल ट्राभल मार्टलगायतको काम गरिरहेको अवस्थामा कार्यालयमा तालाबन्दी गर्दा यसबाट पर्यटक आवागमनसमेत प्रभावित हुने बताएको छ । आन्दोलनरत पक्षलाई समस्याको गाम्भीर्य बुझी विना शर्त ताला खोल्न र पर्यटन प्रवर्द्धन र विकासमा सहयोग गर्न नाट्टाले आग्रह समेत गरेको छ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3
ताजा अपडेट
- सन्दर्भ पार्टी परित्याग : सम्बन्धित सबैको होस खोल्ने नै छ
- महालेखाको प्राविधिक परीक्षण स्वागतयोग्य
- इको प्यानलद्वारा मजदुरको स्वास्थ्य परीक्षण
- ‘समिट वुमन अफ द इयर’ सम्पन्न
- फाप्लुको जंगलबीचमा बनेको वृद्धाश्रमको भवन अलपत्र
- पर्यटन प्रवर्द्धनको लागि हनुमन्ते डाँडामा मेला
- जनसचेतन साकोसको आयोजनामा रक्तदान
- स्वावलम्बनको वित्तीय साक्षरता
धेरैले पढेको
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- जनता कति टुलुटुलु हेरेर बस्ने ?
- बाँझो जग्गामा सामूहिक आलु खेती
तपाईको प्रतिक्रिया