जानको ४९औँ वार्षिक साधारणसभा
काठमाडौं । नेपाल जाइका एसोसिएसन (जान) को ४९औँ वार्षिक साधारणसभा एक विशेष कार्यक्रमका बीच सम्पन्न भएको छ । कार्यक्रममा नेपालका लागि जापानी राजदूत युताका किकुताले नेपालको सामाजिक तथा आर्थिक विकासमा जापानले गर्दै आएको सहयोग निरन्तर रहने बताए ।
उनका अनुसार जापानले नेपाललाई लामो समयदेखि कृषि, स्वास्थ्य सेवा, शिक्षा, पूर्वाधार विकास, सुशासन, शान्ति स्थापना तथा भूकम्पपछिको पुनर्निर्माणका क्षेत्रमा सहयोग गर्दै आएको छ । जानले नेपाल र जापानबीच आपसी सहयोग आदानप्रदान र दुई देशबीचको सम्बन्ध सुदृढ बनाउने कार्यमा निरन्तर रुपमा निभाएको भूमिकाको उनले प्रशंसा समेत गरे । कार्यक्रममा जाइका नेपालका प्रमुख आकिमिचु ओकुवोले जापानले नेपालमा मानव स्रोत विकासमा लामो समयदेखि सहयोग गर्दै आएको र यसलाई भविष्यमा समेत निरन्तरता दिइने बताए । यस्तै जानका अध्यक्ष डा. रामचन्द्र भुसालले नेपालको दिगो विकासमा निरन्तर सहयोग गर्दै आएको जापानले भूकम्प, भूकम्पपछिको पुनर्निर्माण र कोभिड –१९ को महामारीमा ठूलो सहयोग गरेको बताए । आगामी दिनमा पनि नेपालको दिगो विकासका लागि जापान सरकार र जापानी जनताको सहयोग निरन्तर रहने उनको विश्वास थियो ।
कार्यक्रममा जानका महासचिव शान्तिलक्ष्मी शाक्यले जानका गतिविधिहरुबारे प्रगति प्रतिवेदन पेश गरेकी थिइन् । कार्यक्रममा नेपाल–जापान सम्बन्धका विविध पक्ष र जापानी सहयोगसम्बन्धी लेख रचनाहरुको संगालो मिलन पत्रिकाको विमोचन पनि गरिएको थियो । जान जापानमा जाइका कार्यक्रमअन्तर्गत अध्ययन र तालिम पूरा गरी फर्किएका नेपाल सरकारका बहालवाला तथा सेवा निवृत्त सरकारी कर्मचारी विभिन्न सार्वजनिक क्षेत्रका प्राविधिक, प्राज्ञ, स्वतन्त्र प्राविधिक तथा व्यावसायिकको सामाजिक संस्था हो । यसले जापानी राजदूतावास, जाइका नेपाल, नेपाल सरकार र अन्य सरकारी तथा गैरसरकारी संघ÷संस्थाहरुसँग समन्वय गरी विभिन्न कार्यक्रमहरु गर्दै आएको छ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3
ताजा अपडेट
- नेपालमा फेरि बढ्न थाल्यो कोभिड, नयाँ भेरिअन्ट आएको हुनसक्छ?
- वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि टेलिमेडिसिन सेवा सुरु
- बिग्रिए राष्ट्रिय पुस्तकालयका किताब, संरक्षणका लागि ८५ लाख माग
- अख्तियारको वार्षिक प्रतिवेदन संसद्मा पेश
- सांसदको एक स्वर:मिटरब्याज पीडितको समस्या समाधान गरौँ
- ब्रिटिश युवा पर्यटकलाई निरुत्साहित पार्दै एम्सटरडम
- बजेटका बेला आर्थिक प्रशासन अलमलमा पर्ने आशङ्का
- ‘पर्यटनमार्फत गण्डकीमा समृद्ध हासिल गछौँ’
धेरैले पढेको
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- जनता कति टुलुटुलु हेरेर बस्ने ?
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- सेयर लगानीकर्तालाई सचेतना तालिम आयोजना
तपाईको प्रतिक्रिया