Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगट्रेड पार्टनरलाई रियलमीको स्कुटर

ट्रेड पार्टनरलाई रियलमीको स्कुटर


काठमाडौं । स्मार्टफोन ब्रान्ड रियलमीले आफ्ना ट्रेड पार्टनरहरुलाई स्कुटर वितरण गरेको छ । यस वर्षको दसैँको अवसर पारेर ल्याइएको रिटेल स्किमअन्तर्गत कम्पनीले ट्रेड पार्टनरहरुलाई स्कुटर वितरण गरेको हो ।

कम्पनीका अनुसार रियलमीको दुई सय ५० भन्दा बढी स्मार्टफोन सेटहरु बिक्री गर्न सफल २१ बिक्रेताहरुलाई टीभीएस एनटर्क स्कुटर उपहारको प्रदान गरिनेछ । २१ मध्ये सातवटा स्कुटरहरु गत आइतबार नक्सालस्थित जगदम्बा मोबाइल्सको कर्पोरेट कार्यालयमा वितरण गरिएको हो । बाँकी स्कुटरहरु भने सम्बन्धित स्थानमा नै वितरण गरिने कम्पनीले जनाएको छ ।

रियलमीका कन्ट्री हेड मुनिश गिरीले रियलमीका स्मार्टफोनहरु आम उपभोक्तामाझ सहज रुपमा पु¥याउन सहयोग गर्ने सम्पूर्ण बिक्रेताहरुलाई धन्यवाद दिँदै आउँदा दिनहरुमा पनि यसैगरी रियलमीलाई साथ र सहयोग प्रदान गर्न आग्रह गरे ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3

तपाईको प्रतिक्रिया