Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगएनसेलले ल्यायो ‘मज्जाको प्लान’

एनसेलले ल्यायो ‘मज्जाको प्लान’


काठमाडौं । एनसेल आजियटा लिमिटेडले प्रिपेड ग्राहकहरुको लागि आकर्षक डेटा र भ्वाइस सेवाको बन्डल रहेको नयाँ प्रिपेड स्टार्टर प्याक ल्याएको घोषणा गरेको छ । यस नयाँ स्टार्टर प्याक ‘मज्जाकोे प्लान’ शुक्रबारदेखि सञ्चालनमा रहने कम्पनीले जनाएको छ । इच्छुक ग्राहकले नजिकैको एनसेल सेन्टर वा आधिकारिक प्वाइन्ट अफ सेल्स (पीओएस) बाट स्टार्टर प्याक खरिद गर्न सक्नेछन् ।

कम्पनीका अनुसार ग्राहकले यो स्टार्टर प्याक करसहित पाँच सय ९९ रुपैयाँमा खरिद गर्न सक्छन् । यस प्याकअन्तर्गत ग्राहकले २० जीबी डेटा र १५० मिनेट लोकल टक टाइम प्राप्त गर्न सक्छन् । प्राप्त डेटा र टक टाइम सिम सुरु भएको दिन देखि २८ दिनको लागि मान्य रहनेछ । यसका साथै यो प्लान सुचारु गर्ने ग्राहकले २०० वा सोभन्दा माथिको रिचार्जमा बोनस पनि प्राप्त गर्न सक्छन् । ग्राहकले दुई सय रुपैयाँदेखि चार सय ९९ रुपैयाँको रिचार्जमा पाँच प्रतिशत बोनस क्यास ब्याक प्राप्त गर्न सक्छन् भने पाँच सय रुपैयाँ वा सोभन्दा बढीको रिचार्जमा १० प्रतिशत बोनसको मजा लिन सक्छन् ।

यसका साथै यो प्लान सुचारु गर्ने ग्राहकले यो आकर्षक डेटा र भ्वाइस सेवा बन्डल रहेको प्लान पाँच सय ९९ रुपैयाँमा नै आफ्नो आवश्यकताअनुसार सिम खरिद गरेको दिनदेखि ९० दिनसम्म जति पटक पनि खरिद गर्न सक्छन् । त्यस्तै प्रिपेड ग्राहकले आफ्नो सञ्चार सेवाको आवश्यकताअनुसार सञ्चालनमा रहेका अन्य भ्वाइस तथा डेटाको विभिन्न प्याकहरु एनसेल एप तथा अन्य माध्यमहरु जस्तै एसएमएस र यूएसएसडीबाट सुचारु गर्न सक्छन् । सेवा लिनका लागि आफ्ना ग्राहकलाई एक उत्तम विकल्प प्रदान गर्दै नयाँ र आकर्षक स्टार्टर प्याक ल्याइएको एनसेलले जनाएको छ । ग्राहकहरुको बढ्दो सञ्चारको आवश्यकतालाई ध्यानमा राखी ल्याइएका यो नयाँ प्लानले, सुलभ दरमा गुणस्तरीय सेवा प्रदान गर्न मद्दत पु-याउने विश्वास एनसेलले लिएको छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3

तपाईको प्रतिक्रिया