‘शिवमसँग उपहार टन्न’को विजेता घोषणा
काठमाडौं । शिवम् सिमेन्टद्वारा ‘शिवम्सँग उपहार टन्न’ उपहार योजनाको मेगा लक्की ड्रअन्तर्गत भाग्यशाली विजेताहरुको नाम घोषणा गरेको छ । लक्की–ड्रमार्फत छनौट गरिएका उपभोक्तातर्फ ३० जना तथा बिक्रेतातर्फ ३० जना गरी ६० जना विजेताहरुको नाम कम्पनीले पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो । जसअन्तर्गत उपभोक्तातर्फ ४७ तोला तथा बिक्रेतातर्फ ४७ तोला सुन उपहार राखिएको थियो ।
मेगा लक्की ड्र कार्यक्रममा उपभोक्तातर्फ प्रथम पुरस्कारबापत दुई भाग्यशाली विजेता बाग्मती–पोखरा क्षेत्रबाट कृष्ण मानन्धर र उपत्यका बाहिरबाट चन्चल चौधरीले ५/५ तोला सुन प्राप्त गरेका छन् भने दोस्रो पुरस्कारअन्तर्गत शिवराम, युवराज कार्की, चन्दन सिंह र सुरेश गरी चार जनाले ३/३ तोला सुन जितेका छन् । त्यस्तै तेस्रो पुरस्कारअन्तर्गत विनोद आचार्य, नकुल पौडेल, शाह इन्जिनियरिङ कन्ट्रक्सन प्रालि, हेल्थ एण्ड हाइजनिक प्रालि, अरुण यादव तथा मनोज यादव गरी छ जनाले २/२ तोला सुन जित्न सफल भएका छन् । साथै चौथो आठ जनालाई १/१ तोला सुन तथा अन्य १० जनाले आधा/आधा तोला सुन जित्न सफल भएका छन् ।
यसअघि भएका मासिक लक्की–ड्रहरुबाट उपभोक्तातर्फ ६० जना तथा बिक्रेतातर्फ ८० जना भाग्यशाली विजेताहरुको छनौट भइसकेको छ, जसअन्तर्गत चार जोडीले थाईल्यान्ड भ्रमण, आठ जोडीले गोसाइँकुण्ड हेली टुर, २० जोडीले माउन्टेन फ्लाइट, २८ जनाले आधा केजी चाँदी, ३२ जनाले हिराको औँठी, १६ जनाले सुनको सिक्री, १६ जनाले सुनको औँठी र १६ जनाले दुई ग्राम सुनको सिक्का जितिसकेका छन् । साथै स्योर सट पुरस्कारमार्फत पनि दुई लाख २५ हजारभन्दा बढी ग्राहकहरुले सुन, चाँदी तथा नगद उपहारबाट लाभान्वित भएका छन् ।
शिवम् सिमेन्टले गत मंसिर १८ देखि ‘शिवम्सँग उपहार टन्न’ उपहार योजना सार्वजनिक गरेको थियो, जसअन्तर्गत प्रत्येक २० बोरा शिवम् सिमेन्टको खरिदमा ग्राहकले एउटा हातखाली नहुने स्क्र्याच कुपन प्राप्त गरी दुईदेखि पाँच सय रुपैयाँसम्म नगद वा १५ ग्राम चाँदीको सिक्का वा २.५ ग्रामदेखि पाँच ग्रामसम्म सुनको सिक्का वा सुनको सिक्री पक्का उपहार राखिएको थियो । साथै सोही कुपनको अर्धकट्टीमा नाम, टेलिफोन नम्बर र ठेगाना लेखी मासिक लक्की ड्र तथा मेगा लक्की ड्रमा भाग लिनसक्ने व्यवस्था मिलाइएको थियो । यस योजनामा छोटो समयमै ग्राहकको उल्लेख्य संख्यामा सहभागिता रहेकोे कम्पनीले जनाएको छ । यो उपहार योजना गत मंसिर १८ देखि नेपालभर लागू गरिएको थियो ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3
ताजा अपडेट
- नेपालमा फेरि बढ्न थाल्यो कोभिड, नयाँ भेरिअन्ट आएको हुनसक्छ?
- वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि टेलिमेडिसिन सेवा सुरु
- बिग्रिए राष्ट्रिय पुस्तकालयका किताब, संरक्षणका लागि ८५ लाख माग
- अख्तियारको वार्षिक प्रतिवेदन संसद्मा पेश
- सांसदको एक स्वर:मिटरब्याज पीडितको समस्या समाधान गरौँ
- ब्रिटिश युवा पर्यटकलाई निरुत्साहित पार्दै एम्सटरडम
- बजेटका बेला आर्थिक प्रशासन अलमलमा पर्ने आशङ्का
- ‘पर्यटनमार्फत गण्डकीमा समृद्ध हासिल गछौँ’
धेरैले पढेको
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- जनता कति टुलुटुलु हेरेर बस्ने ?
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- सेयर लगानीकर्तालाई सचेतना तालिम आयोजना
तपाईको प्रतिक्रिया