Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगसुरक्षित र सजिलो खाद्य सामग्री किन्न अब निम्बस बजार

सुरक्षित र सजिलो खाद्य सामग्री किन्न अब निम्बस बजार


काठमाडौं, चैत ९
निम्बसले निम्बसबजार डटकममा विभिन्न खाद्य सामग्रीहरुको अनलाइन अर्डर लिनुका साथै ग्राहकको दैलोसम्म अर्डर गरिएका वस्तुहरु पु-याउन सुरु गरेको छ । निम्बस बजारमा ग्राहकहरुले निम्बसका विभिन्न ब्राण्डहरु – व्यन्जन, हिमालयन ह्याप्पी पेट खरिद गर्नसक्छन् । यी ब्राण्डहरुका खाने तेल, आँटा, दाल, सोयाबिन मस्यौरा, अचार, चिउरा, पापड साथै हिमालयन ह्याप्पी पेटको कुकुरको खाना, आदि निम्बस बजारमा पाउन सकिन्छ ।

यससँगै हाल फैलिरहेको कोभिड–१९ अर्थात् कोरोनाको प्रकोपबाट आफ्ना डेलिभरी तथा अन्य कर्मचारीहरुको सुरक्षाको सुनिश्चिताका लागि कम्पनीले तयारी सुरु गरिसकेको जनाएको छ । निम्बसले सबै डेलिभरी गर्ने कर्मचारीहरुलाई व्याक्तिगत स्वास्थ, तथा सरसफाइ, हात धुने, सेनिटाइजिङ गर्ने विधिका बारेमा निरन्तर शिक्षा तथा प्रशिक्षण दिँदै आएको छ ।

साथै कर्मचारीहरुलाई कोभिड–१९ को लक्षण देखा परेमा कसरी सावधानी अपनाउने भनेर तालिम प्रदान गरेको छ । यसबाहेक सबै डेलिभरी कर्मचारीललाई मास्क, सेनिटाइजर, पनि उपलब्ध गराएको बताएको छ । ‘आउने समय अनिश्चित छ, हामी ग्राहकहरुको दैनिक खाद्य वस्तु खरिदमा सुरक्षित विकल्प रहेको कुरा सुनिश्चित गराउन चाहन्छौं । हाम्रा ग्राहक, समन्वयकर्ता तथा समुदायहरुलाई स्वस्थ वातावरण दिनका लागि हामी तत्पर छौं’, निम्बसका कार्यकारी निर्देशक आनन्द बगरियाले भने ।

हालको जोखिमपूर्ण अवस्थालाई ध्यानमा राख्दै ग्राहक उपभोक्ताहरुको सुरक्षित सपिङ अनुभवका लागि निम्बसले आफ्नो वेबसाइटमा समयअगावै सीमित फिचरहरु सार्वजनिक गरेको छ । आगामी दिनमा कम्पनीले थप नयाँ फिचरहरु यसमा थप गर्दै जाने बताएको छ । हाल निम्बसले डेलिभरी सेवा काठमाडौं उपत्यकामा मात्र उपलब्ध गराउँदै आएको छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया