ब्रिटिश इन्टरनेशनल र डोल्मा इम्प्याक्ट फण्डको लगानी वर्ल्डलिंकमा
काठमाडौं । नेपालको इन्टरनेट सेवा प्रदायक वल्र्ड लिंकले ब्रिटिश इन्टरनेशनल इन्भेष्टमेन्ट (बीआईआई), बेलायत सरकारको विकास वित्त संस्था र प्रभावकारी लगानीकर्ता तथा डोल्मा इम्प्याक्ट फण्ड (डीआईएफ आईआई) को एक अर्ब ९८ करोड संयुक्त लगानी प्राप्त गरेको छ ।
ब्रिटिश इन्टरनेशनल इन्भेष्टमेन्ट (बीआईआई), बेलायत सरकारको विकास वित्त संस्था र प्रभावकारी लगानीकर्ताबाट एक अर्ब आठ करोड नेपाली रुपैयाँ तथा डोल्मा इम्प्याक्ट फण्डबाट ९० करोड नेपाली रुपैयाँबराबरको लगानी वर्ल्डलिंकले प्राप्त गरेको हो ।
जुन इन्टरनेट क्षेत्रको सबैभन्दा ठूलो लगानी हो । सन् २०१९ को अक्टोबरमा कम्पनीले एक अर्ब ३५ करोड नेपाली रुपैयाँबराबरको ब्रिटिश इन्टरनेशनल इन्भेष्टमेन्टबाट लगानी कम्पनीले पाइसकेको छ । यसअघिको लगानी र हालको लगानी गरी कम्पनीमा बीआईआईको तीन अर्ब ३३ करोडबराबरको लगानी पुगेको छ । वर्ल्डलिंक ७ लाख ५० हजारभन्दा बढी ग्राहकहरु भएको सबैभन्दा ठूलो निजी क्षेत्रको इन्टरनेट सेवा प्रदायक कम्पनी हो, जसले ग्रामीण क्षेत्रलाई केन्द्रित गरी देशभर इन्टरनेट विस्तारका गतिविधिहरुलाई गति दिने कार्य गरिरहेको छ ।
हाल यस कम्पनीमा पाँच हजार पाँच सय कर्मचारीले रोजगारी पाएका छन् । ब्रिटिश इन्टरनेशनल इन्भेष्टमेन्ट र डोल्मा इम्प्याक्ट फण्डको लगानीले थप एक हजार रोजगारी सिर्जना गर्न र कर्मचारीहरुको सीप अभिवृद्धिका लागि तालिम प्रदान गर्न मद्दत गर्ने बताइएको छ । ब्रिटिश इन्टरनेशनल इन्भेष्टमेन्ट र डोल्मा इम्प्याक्ट फण्डले पनि लगानीले सीप विकास र तालिम कार्यक्रमहरु विस्तार गर्न तथा स्वास्थ्य र सुरक्षा मापदण्डको गुणस्तर अभिवृद्धिमा प्रगति हुने अपेक्षा गरेको छ ।
कर्णाली उच्च पहाडी र कम विकसित क्षेत्रमध्येको एक तथा कठिन भौगोलिक भूभाग भए पनि वर्ल्डलिंकको फाइबर टु दि होम (एफटीटीएच) मार्फत सेवा दिन सफल भएको छ । साथै कम्पनीको इन्टरनेट सेवा छत्रकोट गाउँपालिका र रुरु गाउँपालिका जस्ता देशका विभिन्न ग्रामीण भागमा पुगेको छ । धेरै हजार किलोमिटर फाइबर बिछ्याएर यो हासिल गरिएको छ । कम्पनीसँग हाल २० लाखभन्दा बढी होमपास (पोर्ट) को क्षमता छ । ब्रिटिश इन्टरनेशनल इन्भेष्टमेन्ट र डोल्मा इम्प्याक्ट फण्डद्वारा प्रदान गरिएको पुँजीले इन्टरनेट विस्तारको गतिविधिहरुलाई गति दिनेछ । वर्ल्डलिंकले साना तथा मझौला उद्यमी तथा घरपरिवारलाई भरपर्दो इन्टरनेट सेवा उपलब्ध गराउनेछ । गुणस्तरीय इन्टरनेटले उद्यमहरुको विकासलाई मात्र होइन, अन्तर्राष्ट्रिय बजारसँग पनि जोड्नेछ ।
अन्य एसियाली राष्ट्रहरुको तुलनामा, नेपालको पहुँच डिजिटल पहुँचमा कम छ, जसले समुदाय र व्यवसायको विकासमा वास्तविक चुनौतीहरु सिर्जना गरेको छ । सर्वसाधारणका लागि सस्तो र गुणस्तरीय इन्टरनेटको पहुँचमा सुधारले नेपालको आर्थिक वृद्धि र समग्र विकासमा योगदान पु-याउनेछ । वर्ल्डलिंकका अध्यक्ष तथा प्रबन्धनिर्देशक दिलिप अग्रवालले लगानीकर्ताको विश्वासमा आँच आउन नदिने बताए । ब्रिटिश इन्टरनेशनल इन्भेष्टमेन्ट र डोल्मा इम्प्याक्ट फण्डले देखाएको हृदयपूर्ण सहायताले वल्र्डलिंकलाई अन्तर्राष्ट्रिय स्तरको कम्पनीमा रुपान्तरण गर्ने लक्ष्य राखेको उनको भनाइ छ ।
ब्रिटिश इन्टरनेशनल इन्भेष्टमेन्टका प्राविधिक र टेलिकमका प्रबन्धनिर्देशक र प्रमुख अभिनव सिन्हाले सन् २०१९ देखि नै कम्पनीमा लगानी गरेको र कम्पनीले हजारौँ घरपरिवार र व्यवसायहरुलाई इन्टरनेटमा जोड्दै उनीहरुको पहुँचमा उल्लेखनीय वृद्धि गरेको बताए । यो दोस्रो लगानीले वर्ल्डलिंकलाई नेपालमा भरपर्दो र सस्तो इन्टरनेट सेवाको साथमा पुग्न कठिन क्षेत्रमा प्रवेश गर्न, थप रोजगारी र स्थानीय अर्थतन्त्रमा वृद्धिलाई प्रोत्साहन गर्न सहयोग गर्ने उनको भनाइ छ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3
ताजा अपडेट
- सर्वोच्च अदालतमा नागरिकता विधेयक खारेजीको माग
- सिटिइभिटीका कर्मचारी खोज्न सशस्त्र प्रहरीको गोताखोर परिचालन
- स्वास्थ्यमन्त्रीद्वारा विपन्न र असहायको निःशुल्क उपचार नगर्ने अस्पताललाई कारबाही
- भारतीय दूतावास अगाडि युवा संगठनको विरोध प्रदर्शन
- नक्कली ‘वर्क पर्मिट’ बनाएर ठगी गर्ने गिरोहसँग सावधान
- पाँच वर्षमा हुने संसारीमाईको सप्ताहव्यापी महापूजा सुरु
- देउवाले गरेका पार्टी हित विपरीतका निर्णय सहेर नबस्ने : गगन थापा
- सुनकोशी नदीमा बेपत्ता तीनको पहिचान खुल्यो
धेरैले पढेको
- बाँझो जग्गामा सामूहिक आलु खेती
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
- जनता कति टुलुटुलु हेरेर बस्ने ?
तपाईको प्रतिक्रिया