काठमाडौं । अनलाइन इ–कमर्स प्लेटफर्म, दराज नेपालले वार्षिक दराज सेलर समिट आयोजना गरेको छ । यस वर्षको दराज सेलर समिट २०२३ मार्च १९ मा आयोजना गरिएको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार यस कार्यक्रमको मुख्य एजेन्डा दराजको सबै बिक्रेताहरूलाई उनीहरुको सहयोग र प्रतिबद्धताका लागि आभार प्रकट गर्नु हो ।
कार्यक्रममा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव मधु कुमार मरासिनीले नेपालको इ–कमर्स उद्योग र यसको आगामी सम्भावनाहरुका बारेमा आफ्ना धारणा राखेको थिए । त्यसैगरी दराज नेपालका प्रबन्धनिर्देशक आँचल कुँवरले कम्पनीले गत वर्षमा गरेका उपलब्धिहरू, भावी वर्षको लागि दृष्टिकोण र वाणिज्य शक्तिको माध्यमबाट समुदायको उत्थान गर्न कम्पनीको प्रयासबारे जानकारी गराएकी थिइन् । कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले नेपालको इकमर्स र डिजिटल अर्थतन्त्र, यसका फाइदा र बेफाइदाका साथै नेपालको इ–कमर्स उद्योगको लागि आगामी दशक कस्तो रहनेछ भन्नेबारे जानकारी गराएका थिए ।
त्यसैगरी, कार्यक्रमको समापनमा एक अवार्ड समारोह राखिएको थियो, जहाँ गत वर्षका उत्कृष्ट बिक्रेताहरुलाई विशेष ट्रफी तथा १० हजार रुपैयाँबराबरको दराज भाउचर प्रदान गरिएको थियो । यस्तै दराजले आफ्ना बिक्रेता र ग्राहकहरूलाई उच्च गुणस्तरीय सेवाहरू प्रदान गर्न प्रतिबद्धता जनाएको थियो । दराज नेपालले विगत पाँच वर्षदेखि आफ्नो सेवाअनुरुप स्थानीयको माग पूरा गर्न भरपर्दो, उपयोगी र लोकप्रिय बजारको रुपमा आफूलाई प्रस्तुत गर्दै आएको दाबी गरेको छ । दराजले द्रुुत गतिमा ईकमर्स क्षेत्रमा फड्को मारेको कम्पनीले जनाएको छ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #Page 8
ताजा अपडेट
- प्रधानमन्त्री दाहाल र भारतीय राष्ट्रपतिबीच भेट
- प्रधानमन्त्री दाहाल र भारतीय उपराष्ट्रपतिबीच भेटवार्ता
- वथनाहादेखि विराटनगरसम्म कार्गो रेल सेवा सञ्चालन
- गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा आइएलएस प्रणाली सञ्चालनको बाटो खुल्यो
- १० वर्षमा भारतले नेपालबाट ‘१०,००० मेगावाट बिजुली आयात गर्ने’
- नयाँ कानुनअनुसार नागरिकता वितरण कहिलेदेखि, कसकसले पाउँछन ?
- नक्कली शरणार्थी प्रकरणबारे ‘वास्तविकता चाँडै निर्क्योल हुने’ अमेरिकाको आशा
- गौतमबुद्ध विमानस्थलका लागि आईएलएस अवतरणको सुविधा खुल्ला गर्ने समझदारी
धेरैले पढेको
- सामाजिक सुरक्षा कोषको साढे ३४ अर्ब रुपैयाँ उत्पादन र पूर्वाधारमा लगानी गरिने
- जीवन बीमा कम्पनीले १० महिनामा उठाए एक खर्ब १४ अर्ब बीमाशुल्क
- बाँझो जग्गामा सामूहिक आलु खेती
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- जनता कति टुलुटुलु हेरेर बस्ने ?
तपाईको प्रतिक्रिया