पाँचौँ ब्युटिसियन ट्यालेन्टमा १३ जना चयन
काठमाडौं ।‘ब्युटिसियन ट्यालेन्ट नेपाल–२०२३’ पाँचौँ शृंखलाको काठमाडौंमा पहिलो अडिसन सम्पन्न भएको छ । पहिलो अडिसनमा राजधानी र मोफसलबाट विभिन्न ब्युटिसियनहरु सहभागी भएका थिए । नेपालका ब्युटिसियनहरुको व्यक्तित्व विकास र प्रतिभा प्रस्तुतिका लागि छ वर्षबाट हुँदै आएको छ ।
यो प्रतियोगिताको अन्तिम प्रतिस्पर्धाको लागि पहिलो अडिसनबाट १३ जना प्रतियोगीहरु चयन भएका छन् । रोज ब्युटी एकेडेमी र विलक्षण क्रियसन प्रालि.द्वारा आयोजित यो प्रतियोगिताको लागि दोस्रो अडिसन यही १० चैतमा राखिने भएको छ । अडिसन सम्पन्न भएपछि १२ चैतबाट प्रशिक्षण सुरु गर्ने र आगामी २८ चैतमा पाँचौँ ब्युटिसियन ट्यालेन्ट नेपाल २०२३ को एक भव्य समारोहबीच चयन गरिने पनि आयोजक संस्था रोज ब्युटी एकेडेमीकी अध्यक्ष एव्म वरिष्ठ ब्युटिसियन सोनी कारँजितले जानकारी दिइन् ।
उनका अनुसार प्रतियोगीहरुलाई ब्युटिसियनसम्बन्धी दुई साता लामो विभिन्न प्रशिक्षण दिएर बल्ल फाइनल प्रतियोगितामा उतारिने भएको छ । विजेताले काठमाडौं बैंकक काठमाडौंको ५० हजार रुपैयाँबराबरका हवाइ टिकट प्राप्त गर्ने आयोजक पक्षले जनाएको छ । प्रशिक्षणको क्रममा ५० हजारभन्दा बढी मूल्यको ब्युटिसियनसम्बन्धी विभिन्न प्रशिक्षण दिइनेछ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #Page 8
ताजा अपडेट
- सर्वोच्च अदालतमा नागरिकता विधेयक खारेजीको माग
- सिटिइभिटीका कर्मचारी खोज्न सशस्त्र प्रहरीको गोताखोर परिचालन
- स्वास्थ्यमन्त्रीद्वारा विपन्न र असहायको निःशुल्क उपचार नगर्ने अस्पताललाई कारबाही
- भारतीय दूतावास अगाडि युवा संगठनको विरोध प्रदर्शन
- नक्कली ‘वर्क पर्मिट’ बनाएर ठगी गर्ने गिरोहसँग सावधान
- पाँच वर्षमा हुने संसारीमाईको सप्ताहव्यापी महापूजा सुरु
- देउवाले गरेका पार्टी हित विपरीतका निर्णय सहेर नबस्ने : गगन थापा
- सुनकोशी नदीमा बेपत्ता तीनको पहिचान खुल्यो
धेरैले पढेको
- बाँझो जग्गामा सामूहिक आलु खेती
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
- जनता कति टुलुटुलु हेरेर बस्ने ?
तपाईको प्रतिक्रिया