सामसङले ग्यालेक्सी ए३४ र ए५४ फाइभजी नेपाल ल्याउने
काठमाडौं । सामसङले नयाँ ग्यालेक्सी ए३४ फाइभजी र ग्यालेक्सी ए५४ फाइभजी फोन नेपाल ल्याउने भएको छ । विश्वव्यापी रुपमा बिक्री सुरु भइसकेका यी फोनहरु कम्पनीले नेपालमा पनि ल्याउने भएको हो ।
यी फोनमा तीन लेन्सयुक्त रेअर क्यामरा र नाइटोग्राफी जस्तो मुख्य विशेषताहरु छन् । कम्पनीका अनुसार दुवै स्मार्टफोनहरु तिनीहरुको प्रारम्भिक लेन्सका साथ केही अपग्रेडका साथ आएका छन् ।
ग्यालेक्सी ए३४ फाइभजी ४८ एमपी प्राइमेरी क्यामरा र २ एमपी म्याक्रो लेन्सका साथ आएको छ । ग्यालेक्सी ए५४ फाइभजीमा ५ एमपी म्याक्रो लेन्ससहित ५० एमपी प्राइमेरी छ । दुवै फोनहरुमा ८ एमपीको अल्टा वाइड एंगल लेन्स जडित छ । यी लेन्सहरुले माथि उल्लेख गरिएको नाइटोग्राफी विशेषता, ब्लर कम भएको रात्रिकालीन फोटो/भिडियो, इन्हान्सड ओआइएस, पिक्सेल अटो फोकसका साथ गुणस्तरीय फोटोग्राफी पाउँछन् र तपाईंको जीवनका अत्युत्तम पलहरु क्याप्चर गर्न सक्छन् ।
दुवै ग्यालेक्सी ए३४ फाइभजी र ग्यालेक्सी ए५४ फाइभजीलाई १२०हर्जको रिफ्रेस दरमा अपग्रेड गरिएका छन् । यसका पानी र धूलो प्रतिरोधक आईपी६७ र कर्निङ्ग गोरिल्ला ग्लास ५ सुरक्षण र सामसङको सिग्नेचर नक्स सेक्युरिटी को साथ, जुन सबै प्रयोगकर्ताहरुका लागि उपलब्ध छन् ।
कम्पनीका अनुसार ग्यालेक्सी ए३४ ५जि र ग्यालेक्सी ए५४ ५जि मा ५ वर्षको सुरक्षा अद्यावधिक र ४ वर्षको ओएस अपग्रेडहरुको ग्यारेन्टी पनि दिइएको छ । यी विशेषताहरले प्रयोगकर्ताहरुलाई उनीहरुको स्मार्टफोनको जीवनचक्रलाई अधिक बनाउन पछिल्लो सफ्टवेयर र सुरक्षामा पहुँच दिनेछन् ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3
ताजा अपडेट
- राष्ट्रियसभामा शोक प्रस्ताव पारित
- विभिन्न देशका लागि राष्ट्रपतिद्वारा राजदूत नियुक्त
- राष्ट्र विरोधी अपराधमा संलग्न व्यक्तिलाई कारबाही गर्नुपर्छ : महेश बर्तौला
- नेपालको समग्र हितको रक्षापछि मात्र संसदको गतिरोध अन्त्य हुन्छ : ओली
- रियलमीद्वारा नार्जो एन–५३ र नार्जो एन–५५ सार्वजनिक
- ‘भिभो ५जी टक’ कार्यक्रम
- टेलिकमको नयाँ सेवा
- छत्रपाटी निशुःल्क चिकित्सालयको सचेतना -याली
धेरैले पढेको
- बाँझो जग्गामा सामूहिक आलु खेती
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
- जनता कति टुलुटुलु हेरेर बस्ने ?
तपाईको प्रतिक्रिया