६५ प्रतिशतसम्म छुटसहित बिजबजारको पहिलो ब्राण्ड विक सुरु
काठमाडौं । ई–कमर्स प्लेटफर्म बिजबजारले पहिलो ब्राण्ड विक योजना सुरु गरेको छ । नेपालका साना तथा मझौला उद्यमहरूलाई बढावा दिँदै नेपाली ट्रेडलाई डिजिटाइज गर्ने लक्ष्यका साथ ‘जे चाहिन्छ, त्यही पाइन्छ’ भन्ने नारासहित सञ्चालनमा रहेको बिजबजारले ‘सप स्मार्ट, सेभ बिग’ ट्यागलाइनसहित चैत ८ देखि ब्राण्ड विक सुरु गरेको हो ।
कम्पनीका अनुसार यो योजना चैत १४ सम्म मात्रै जारी रहनेछ । योजनाअन्तर्गत ग्राहकहरूले विभिन्न ब्रान्डहरूमा ६५ प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन् । वेला भिटा, गोल्डस्टार र माईपावरमा २० प्रतिशत, कोन्कामा ३३ प्रतिशत, रंगोलीमा ६५ प्रतिशत, नेपट्रेन्डर्स ईकमर्समा ४० प्रतिशत र मम लभमा ५० प्रतिशत छुट पाइने कम्पनीले जनाएको छ । ब्रान्ड विकका लागि कम्पनीद्वारा निर्धारित सेवा तथा शर्तहरू लागू हुने कम्पनीले जनाएको छ । साना तथा मझौला उद्योग व्यवसायहरूलाई डिजिटल माध्यमबाट बजारसँग जोडी डिजिटल माध्यमबाटै व्यवसायको अभिवृद्धि र सेवाग्राहीहरूको आवश्यकता पूर्ति गर्न यो योजना प्रभावकारी हुने विश्वास कम्पनीले लिएको छ । सेवाग्राहीहरूले गुगल प्ले स्टोर र एप स्टोरमा गएर तुरुन्तै र सजिलै बिजबजार अनलाइन सपिङ एप डाउनलोड गर्न सक्नेछन् ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3
ताजा अपडेट
- घरजग्गा किनबेच सहजीकरण र ऋण मिलाइदिने भन्दै ठगी गरेको आरोपमा पक्राउ
- भारतबाट १०० रुपैयाँभन्दा बढीको सामान नेपाल ल्याए भन्सार तिर्नुपर्ने
- आग्रह र पूर्वाग्रह बिना दश वर्षको बजेट समीक्षा गरौँ : पूर्वअर्थमन्त्री शर्मा
- नेपाली समाजमा भ्रष्टाचारको नाङ्गो रुप देखियो : अध्यक्ष नेपाल
- सर्वोच्चद्वारा नागरिकता विधेयक प्रमाणीकरणको प्रतिलिपि झिकाउन आदेश
- कोशी प्रदेशमा गैर शान्तिपूर्ण गतिविधि भए राज्यले छुट नदिने : गृहमन्त्री
- नेपालको राजनीतिक इतिहास माओवादीविना अपुरो : जनार्दन शर्मा
- बजेटमा चरम अन्याय भएको छ : राजेन्द्र पाण्डे
धेरैले पढेको
- धादिङको साना किसान सहकारीमा अनियमितता भएको अदालतको ठहर
- बाँझो जग्गामा सामूहिक आलु खेती
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
- जनता कति टुलुटुलु हेरेर बस्ने ?
तपाईको प्रतिक्रिया