राउन्ड टेबल नेपालको आयोजनामा ‘प्याडिलक्स गल्स अन ह्विल्स’ प्रतियोगिता
काठमाडौं । राउन्ड टेबल नेपालको आयोजनामा ‘प्याडिलक्स गल्स अन ह्विल्स’ प्रतियोगिता सम्पन्न भएको छ । अन्तर्राष्ट्रिय महिला दिवसलाई केन्द्रमा राखी पूर्वमिस नेपाल ईशानी श्रेष्ठको प्रमुख आतिथ्यमा शनिबार ग्यालेक्सी पब्लिक स्कुल ज्ञानेश्वरमा ‘प्याडिलक्स गल्स अन ह्विल्स’ प्रतियोगिता सम्पन्न भएको हो ।
राउन्ड टेबल नेपालअन्तर्गतका सदस्यहरु काठमाडौं एस राउन्ड टेबल नेपाल २१, काठमाडौं रोयल्स राउन्ड टेबल २३ र काठमाडौं रोयल्स लेडिज सर्कल ७ को आयोजनामा सम्पन्न भएको प्रतियोगितामा जना कोइराला र प्रज्ञा सापकोटाको जोडी प्रथम भएका छन् । प्रथम भएका दुवै जनाले सगुन ज्वेलर्सका तर्फबाट ५० हजारबराबरको ज्वेलरी प्राप्त गरेका छन् । यसैगरी मुस्कान अग्रवाल र तानिषा अग्रवालको जोडी दोस्रो भएका छन् । उनीहरुले रिभरसाइड स्प्रिङ्ग रिसोर्टको तर्फबाट तीन दिन दुई रातको स्टे प्याकेज प्राप्त गरेका छन् । त्यसैगरी दीपा थापा र काजल श्रेष्ठको जोडीले भने तेस्रो स्थानमा चित्त बुझाएका छन् । उनीहरुको जोडीलेजेम फ्लोरिङका तर्फबाट टर्किस रग प्राप्त गरेका छन् ।
विजेताहरुलाई काठमाडौं एस राउन्ड टेबल नेपाल २१ का अध्यक्ष निश्चल रुँगटा, काठमाडौं रोयल्स राउन्ड टेबल २३ का अध्यक्ष हिमांशु गोल्छा र काठमाडौं रोयल्स लेडिज सर्कल ७ का अध्यक्ष शिवानी अग्रवालले पुरस्कार तथा प्रमाणपत्र वितरण गरेका थिए । प्रतियोगितामा ७० वटा स्कूटीमा एक सय ४० जना सहभागी थिए । स्कूटी चलाउने महिलाले स्कूटीमा चढेर विभिन्न खेलमा सहभागी भई अंक आर्जित गर्ने गरेको आधारमा विजेता घोषणा गरिएको संयोजक सिद्धार्थ जाजोदियाले जानकारी दिए । एक स्कूटीमा दुई महिला सवार थिए । काठमाडौंका छुट्टाछुट्टै स्थानमा राखिएको रमाइलो खेलहरु खेलेर बढी अंक प्राप्त गर्नेलाई विजेता घोषणा गरिएको हो । महिला अत्मबल बढाउन सवारीसाधन प्रयोग गरेर खेलहरु खेलाइएको हो ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3
ताजा अपडेट
- घरजग्गा किनबेच सहजीकरण र ऋण मिलाइदिने भन्दै ठगी गरेको आरोपमा पक्राउ
- भारतबाट १०० रुपैयाँभन्दा बढीको सामान नेपाल ल्याए भन्सार तिर्नुपर्ने
- आग्रह र पूर्वाग्रह बिना दश वर्षको बजेट समीक्षा गरौँ : पूर्वअर्थमन्त्री शर्मा
- नेपाली समाजमा भ्रष्टाचारको नाङ्गो रुप देखियो : अध्यक्ष नेपाल
- सर्वोच्चद्वारा नागरिकता विधेयक प्रमाणीकरणको प्रतिलिपि झिकाउन आदेश
- कोशी प्रदेशमा गैर शान्तिपूर्ण गतिविधि भए राज्यले छुट नदिने : गृहमन्त्री
- नेपालको राजनीतिक इतिहास माओवादीविना अपुरो : जनार्दन शर्मा
- बजेटमा चरम अन्याय भएको छ : राजेन्द्र पाण्डे
धेरैले पढेको
- धादिङको साना किसान सहकारीमा अनियमितता भएको अदालतको ठहर
- बाँझो जग्गामा सामूहिक आलु खेती
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
- जनता कति टुलुटुलु हेरेर बस्ने ?
तपाईको प्रतिक्रिया