भक्तपुरमा सातौँ पर्यटन तथा व्यापार महोत्सव हुँदै
भक्तपुर । भक्तपुरमा ‘सातौँ भक्तपुर औद्योगिक, सांस्कृतिक, पर्यटन तथा व्यापार महोत्सव–२०७९/०८०’ हुने भएको छ । नयाँ वर्ष २०८० सालको अवसरमा उक्त महोत्सव आयोजना गर्न लागिएको हो ।
औद्योगिक शान्ति नेपाल संस्था, मध्यपुर ब्वाइज ब्यान्डकोे आयोजना र भक्तपुर जिल्ला खेलकुद विकास समितिको सहयोगमा उक्त महोत्सव हुनलागेको हो ।
महोत्सव चैत २३ गतेदेखि २०८० साल वैशाख ३ गतेसम्म ११ दिने चल्नेछ । महोत्सवका संयोजक दीपक थापाका अनुसार उपभोक्तालाई एकै थलोबाट सम्पूर्ण सामान उपलब्ध गराउने उद्देश्यले महोत्सव आयोजना गर्न लागिएको हो ।
भक्तपुरको सल्लाघारीस्थित नेपाल ट्रष्टको नाममा रहेको ९९ सय रोपनी जग्गामा महोत्सवको हुनेछ । महोत्सवमा दुई सयभन्दा बढी स्टल रहनेछन् । स्टलमा मानवीय जीवनमा प्रयोगमा आउने सम्पूर्ण दैनिक उपभोग्य सामग्रीहरु, खाद्यान्नका सामग्रीहरु, विभिन्न्न प्रकारका लत्ताकपडाहरु राखिनेछ ।
कृषि तथा हस्तकलाका सामग्रीहरु, भाँडाकुँडाका सामग्रीहरु, पर्यटन प्रवर्द्धन गर्ने स्टल रहने औद्योगिक शान्ति नेपाल संस्थाका अध्यक्ष सन्दीप महतले जानकारी दिए । सो स्थानमा अटोमोबाइल, राष्ट्रिय तथा स्थानीय खाना महोत्सव, विभिन्न ब्राण्डका मोबाइल, इलेक्ट्रोनिक्स सामानहरुको स्टल रहनेछन् ।
महोत्सवमा करिब पाँच लाख उपभोक्ताले अवलोकन तथा सेवा लिने र स्टलहरुबाट करिब १० देखि १२ करोड रुपैयाँको कारोबार हुने अपेक्षा आयोजकले गरेको छ । महोत्सवभर बाल उद्यान, रोटेपिङ, मारुती सर्कस, कोलम्बस, जादु, बालबालिकाको खेल सामग्रीका साथै दर्जनौँ राष्ट्रियस्तरका कलाकारहरुको सांगीतिक र हास्य व्यंग्यसहितका मनोरञ्जनात्मक प्रस्तुति रहनेछ ।
महोत्सवमा हरेक दिन ब्याण्डको प्रस्तुति, नृत्य प्रतियोगिता, बि–बोइङ र अन्य मनोरञ्जनात्मक कार्यक्रमहरुको समेत आयोजना हुनेछ । महोत्सवमा प्रवेश शुल्क ५० र ७० रुपैयाँ तोकिएको छ । विद्यार्थी र ज्येष्ठ नागरिकलाई छुटको व्यवस्था गरिएको छ । वैशाख ४ गते भने विशेष सांस्कृतिक कार्यक्रम आयोजना गरिनेछ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3
ताजा अपडेट
- घरजग्गा किनबेच सहजीकरण र ऋण मिलाइदिने भन्दै ठगी गरेको आरोपमा पक्राउ
- भारतबाट १०० रुपैयाँभन्दा बढीको सामान नेपाल ल्याए भन्सार तिर्नुपर्ने
- आग्रह र पूर्वाग्रह बिना दश वर्षको बजेट समीक्षा गरौँ : पूर्वअर्थमन्त्री शर्मा
- नेपाली समाजमा भ्रष्टाचारको नाङ्गो रुप देखियो : अध्यक्ष नेपाल
- सर्वोच्चद्वारा नागरिकता विधेयक प्रमाणीकरणको प्रतिलिपि झिकाउन आदेश
- कोशी प्रदेशमा गैर शान्तिपूर्ण गतिविधि भए राज्यले छुट नदिने : गृहमन्त्री
- नेपालको राजनीतिक इतिहास माओवादीविना अपुरो : जनार्दन शर्मा
- बजेटमा चरम अन्याय भएको छ : राजेन्द्र पाण्डे
धेरैले पढेको
- धादिङको साना किसान सहकारीमा अनियमितता भएको अदालतको ठहर
- बाँझो जग्गामा सामूहिक आलु खेती
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
- जनता कति टुलुटुलु हेरेर बस्ने ?
तपाईको प्रतिक्रिया