Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगइ–सेवा र मिडास एजुकेसनको सहकार्यमा विद्यार्थीले घरमै निःशुल्क अध्ययन गर्न पाउने

इ–सेवा र मिडास एजुकेसनको सहकार्यमा विद्यार्थीले घरमै निःशुल्क अध्ययन गर्न पाउने


काठमाडौं, चैत ११
भुक्तानी सेवा प्रदायक इ–सेवा र मिडास एजुकेसनको सहकार्यमा विद्यार्थीहरूलाई निःशुल्क घरमै अध्ययन गर्न सकिने सेवा व्यवस्था मिलाइएको जनाएको छ । विश्वव्यापी महामारी निम्त्याएको कोरोनाका कारण सम्पूर्ण स्कुलहरू बन्द रहेको अवस्थामा विद्यार्थीहरूले घरमै बसेर निःशुल्क रूपमा श्रव्य दृश्यमार्फत अध्ययन गर्न सक्नेछन् । अध्ययनका लागि विद्यार्थीहरूले मिडास एजुकेसनको मोबाइल एप्स डाउनलोड गर्नुपर्नेछ । एप्लिकेसनमा अर्डरमा क्लिक गरेपछि मागिएको कोडमा ‘इ–सेवा’ राखेर आफूले चाहेको विषय अध्ययन गर्न पाइनेछ । नर्सरीदेखि कक्षा १० सम्मका विद्यार्थीले आफुले चाहेको विषय अध्ययन गर्न सक्नेछन् ।

मिडासले विगत एक दशकदेखि नर्सरीदेखि १० कक्षासम्मका पाठ्यक्रममा आधारित श्रव्य दृश्य सामग्रीमार्फत अध्यापन गराउँदै आएको छ । विद्यार्थीहरू स्कुल जान नपाइरहेको अवस्थामा घरमै बसेर मोबाइलमार्फत अध्ययन गर्न सकून् भन्ने उद्देश्यले यो सेवा दिइएको हो । इ–सेवा नेपालको पहिलो भुक्तानी सेवाप्रदायक हो । इ–सेवामार्फत मोबाइल, टेलिफोन, इन्टरनेट, बिजुली तथा खानेपानीको महशुल भुक्तानी, रिचार्ज, हवाइजहाज, बसको टिकट, स्कुल कलेजको शुल्कलगायतका दुई हजारभन्दा बढी सेवाहरूको शुल्क भुक्तानी गर्न सकिन्छ । इ–सेवामा हाल ४९ वटा बैंक तथा वित्तीय संस्था सदस्य रहेका छन् । यी बैंकबाट इ–सेवामा सहजै रकम जम्मा गर्न तथा इ–सेवाबाट बैंक खातामा रकम पठाउन सकिन्छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया