Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगसेलपे सेवामा रकम स्थानान्तरण निःशुल्क

सेलपे सेवामा रकम स्थानान्तरण निःशुल्क


काठमाडौं, चैत ११
नेपाल राष्ट्र बैंकबाट अनुमतिप्राप्त भुक्तानी सेवा प्रदायक सेलकम प्रालिको सेलपे सेवाले हालको स्थितिलाई ध्यानमा राखी भीडभाड र हुलमुल कम गर्न आइतबारदेखि वैशाख १८ गतेसम्मको लागि रकम स्थानान्तरण सेवा निःशुल्क उपलब्ध गराउने भएको छ । हाल विश्वभर फैलिँदै गरेको कोरोना भाइरस (कोभिड–१९)को संक्रमणबाट बच्नको लागि सरकारबाट कुनै पनि प्रकारको भीडभाड र हुलमुल नगर्न सुझाव आएको हुँदा सेलपेका ग्राहकहरुले सेलपे एपबाट आफ्नो घरमै बसी सरल र सहज माध्यमबाट वास्तविक समयमा कुनै पनि सेलपेमा आबद्ध भएका बैंकहरुका ग्राहकलाई रकम स्थानान्तरण गर्दा कुनै पनि सेवा शुल्क नलाग्ने व्यवस्था मिलाइएको जनाएको छ ।

सेलपे सेवा मोबाइल तथा वेब एप्लिकेसन दुवै माध्यमबाट उपयोग गर्न सकिने अत्यन्त द्रुत, सरल तथा सुरक्षित सेवा हो । सेलपेबाट विभिन्न दूरसञ्चार सेवा, बिजुली, खानेपानी, टिभी, इन्टरनेटको महशुल भुक्तानी, विभिन्न पसल, रेष्टुरेण्टमा भुक्तानी, एक बैंक खाताबाट अन्य बैंक खातामा रकम स्थानान्तरण, स्वदेशभित्र गरिने मनी ट्रान्सफर लगायतको भुक्तानी गर्न सकिन्छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया