नेपालमा पनि मनाइयो ‘युनिभर्सल एसप्टेन्स डे’
काठमाडौं । हरेक वर्षको २८ मार्चमा मनाइने युनिभर्सल एसप्टेन्स (यूए) डे नेपालमा पनि मनाइएको छ । कम्प्युटर एसोसिएन नेपाल महासंघ (क्यान महासंघ) र युथ आईजीएफ नेपालको संयुक्त आयोजनामा इन्टरनेट करपोरेसन फर असाइन्ड नेम्स एन्ड नम्बर्स (आईक्यान) सँगको समन्वयमा मंगलबार काठमाडौंमा एक विशेष कार्यक्रम गर्दै मनाइएको हो ।
उक्त कार्यक्रममा इन्टरनेट एक्सचेन्ज नेपालको सहयोग रहेको थियो भने इन्टरनेट पार्टनरमा वल्र्डलिंक कम्युनिकेसन्स लिमिटेड थियो । धेरै भाषा तथा लिपीमा डोमेन सपोर्ट गराउने उद्देश्यले विश्वभर नै इन्टरनेटको सार्वभौमिक स्वीकृति अर्थात् युनिभर्सल एसप्टेन्स डे मनाउने गरिन्छ । सेलिब्रेटिङ युनिभर्सल एसप्टेन्स डे: प्रोमोटिङ युनिभर्सल एसप्टेन्स डे एन्ड इन्टरनेसनलाइज्ड डोमेन नेम इन नेपाल शीर्षकमा गरिएको कार्यक्रममा बोल्ने वक्ताहरूले सबै वैध डोमेन नेम तथा इमेल एड्रेस सबैखालका इन्टरनेट एप्लिकेसन, डिभाइस तथा सिस्टमले उपयोग गर्नसक्ने कुराको सुनिश्चितता गराउन यो दिवसले महत्वपूर्ण भूमिका खेलेको बताएका थिए ।
इन्टरनेट करपोरेसन फर असाइन्ड नेम्स एन्ड नम्बर्स (आईक्यान)ले देवनागरीसहित विभिन्न विदेशी भाषामा इमेल गर्न तथा वेबसाइट अपलोड गर्न दिने स्वीकृति प्रदान गरेकाले यस्तो दिवस महत्वपूर्ण रहेको क्यान महासंघका अध्यक्ष रञ्जीत पोदारले बताए । यस्तै विद्युतीय सुशासन आयोगका प्रमुख कार्यकारी अधिकृत दिपेश विष्टले देवनागरीसहित ग्रामीण क्षेत्रका समुदायको स्थानीय भाषालाई सपोर्ट गर्ने गरी डोमेन प्रणालीको व्यवस्था गर्नुपर्नेमा जोड दिए । कार्यक्रममा ‘डोमेन नेम र इमेल एड्रेसको युनिभर्सल एसप्टेन्स’ विषयमा युथ आईजीएफ नेपालका सदस्य विवेक सिलवालले कार्यपत्र प्रस्तुत गरेका थिए । त्यस्तै दुई फरक विषयमा प्यानल छलफल समेत गराइएको थियो । साथै वक्ताहरूले यो दिवसलाई आगामी वर्षमा पनि नियमित रुपमा मनाइन र सर्वसाधारणमाझ चेतना विस्तार गर्न सुझाव दिएका थिए ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3
ताजा अपडेट
- घरजग्गा किनबेच सहजीकरण र ऋण मिलाइदिने भन्दै ठगी गरेको आरोपमा पक्राउ
- भारतबाट १०० रुपैयाँभन्दा बढीको सामान नेपाल ल्याए भन्सार तिर्नुपर्ने
- आग्रह र पूर्वाग्रह बिना दश वर्षको बजेट समीक्षा गरौँ : पूर्वअर्थमन्त्री शर्मा
- नेपाली समाजमा भ्रष्टाचारको नाङ्गो रुप देखियो : अध्यक्ष नेपाल
- सर्वोच्चद्वारा नागरिकता विधेयक प्रमाणीकरणको प्रतिलिपि झिकाउन आदेश
- कोशी प्रदेशमा गैर शान्तिपूर्ण गतिविधि भए राज्यले छुट नदिने : गृहमन्त्री
- नेपालको राजनीतिक इतिहास माओवादीविना अपुरो : जनार्दन शर्मा
- बजेटमा चरम अन्याय भएको छ : राजेन्द्र पाण्डे
धेरैले पढेको
- धादिङको साना किसान सहकारीमा अनियमितता भएको अदालतको ठहर
- बाँझो जग्गामा सामूहिक आलु खेती
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
- जनता कति टुलुटुलु हेरेर बस्ने ?
तपाईको प्रतिक्रिया