खोटाङ उद्योग वाणिज्य सङ्घमा आचार्य
खोटाङ । खोटाङ उद्योग वाणिज्य सङ्घको ११औँ जिल्ला अधिवेशनबाट अध्यक्षमा राजनप्रसाद आचार्य विजयी भएका छन् । उनले आफ्ना प्रतिद्वन्द्वी समुन्द्रप्रसाद जोशीलाई १९६ मतान्तरले पराजित गरेको हो । बिहीबार भएको निर्वाचनमा आचार्यले तीन सय ३४ तथा एक सय ३८ मत प्राप्त गरे ।
निर्वाचन अधिकृत ध्रुवकुमार कार्कीका अनुसार कुल छ सय ७१ मतदाता रहेकामा चार सय ८० मत खसेको थियो । महासचिवमा अजय बस्नेत विजयी भए । उनले सुमन श्रेष्ठलाई पराजित गरे । कोषाध्यक्षमा युधिर शाक्य विजयी भए । उनले नेत्रबहादुर कटवाललाई हराएको हो ।
राससका अनुसार सङ्घको सदस्यमा कुमार बजिमय, कृष्णकुमार श्रेष्ठ, टङ्कप्रसाद आचार्य, रोशन सैंजु, विपिन श्रेष्ठ, हिरालाल पुरी र कैलाश भट्टराई निर्वाचित भएको निर्वाचन अधिकृत कार्कीले जानकारी दिए । वरिष्ठ उपाध्यक्षमा मनोजकुमार बजिमय, प्रथम उपाध्यक्षमा विजयश्वर श्रेष्ठ, द्वितीय उपाध्यक्षमा मणिशोभा राई, सचिवमा लेखबहादुर खड्का तथा महिला सदस्यमा गोपीमाया आचार्य, रेनुका पोखरेल र विमला राई यसअघि नै निर्विरोध चयन भएका थिए ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ताजा अपडेट
- घरजग्गा किनबेच सहजीकरण र ऋण मिलाइदिने भन्दै ठगी गरेको आरोपमा पक्राउ
- भारतबाट १०० रुपैयाँभन्दा बढीको सामान नेपाल ल्याए भन्सार तिर्नुपर्ने
- आग्रह र पूर्वाग्रह बिना दश वर्षको बजेट समीक्षा गरौँ : पूर्वअर्थमन्त्री शर्मा
- नेपाली समाजमा भ्रष्टाचारको नाङ्गो रुप देखियो : अध्यक्ष नेपाल
- सर्वोच्चद्वारा नागरिकता विधेयक प्रमाणीकरणको प्रतिलिपि झिकाउन आदेश
- कोशी प्रदेशमा गैर शान्तिपूर्ण गतिविधि भए राज्यले छुट नदिने : गृहमन्त्री
- नेपालको राजनीतिक इतिहास माओवादीविना अपुरो : जनार्दन शर्मा
- बजेटमा चरम अन्याय भएको छ : राजेन्द्र पाण्डे
धेरैले पढेको
- धादिङको साना किसान सहकारीमा अनियमितता भएको अदालतको ठहर
- बाँझो जग्गामा सामूहिक आलु खेती
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
- जनता कति टुलुटुलु हेरेर बस्ने ?
तपाईको प्रतिक्रिया