Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगलक्ष्मी ग्रुपले कोरोना रोकथाम कोषमा १ करोड सहयोग गर्ने

लक्ष्मी ग्रुपले कोरोना रोकथाम कोषमा १ करोड सहयोग गर्ने


चैत, १३
लक्ष्मी ग्रुपले नेपाल सरकारले स्थापना गरेको कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण र उपचार कोषमा १ करोडको आर्थिक सहयोग गर्ने घोषणा गरेको छ । विश्वका विभिन्न देशमा कोरोना भाइरस संक्रमण भयावह रुप लिँदै गएको अवस्थामा नेपालमा पनि कोरोना भाइरसको खतरा बढ्दै गएपछि सरकारले उक्त कोष स्थापना गरेको थियो । उक्त कोषमा जम्मा भएको रकम कोरोना भाइरसको संक्रमण नियन्त्रण र प्रभावितहरुको उपचारका लागि उपयोग गर्नेछ ।

यसका साथै ग्रुपले देशका विभिन्न सार्वजनिक अस्पतालहरुमा कोरोना भाइरसको प्रारम्भिक स्क्रिनिङको लागि फेवर क्लिनिकहरु स्थापना गर्ने पहल सुरु गरेको छ । यस्ता क्लिनिकको स्थापनाको लागि लक्ष्मी ग्रुपले आर्थिक सहयोग उपलब्ध गराउने जनाएको छ । हेल्थ एट होम प्राइभेट लिमिटेडले कार्यान्वयन साझेदारको रुपमा कार्य गर्ने कम्पनीले जनाएको छ ।

यस्ता क्लिनिकको मूल उद्देश्य कोरोना भाइरसका सम्भावित लक्षण देखिएका बिरामीहरुलाई अस्पतालको आपत्कालीन विभाग वा संक्रमणनियन्त्रण केन्द्रमा सिधै नपठाई क्लिनिकमार्फत कोरोना भाइरस संक्रमणको सम्भावना भए नभएको प्रारिम्भक जाँच गर्ने कम्पनीले जनाएको छ । जसले गर्दा अस्पतालका आपत्कालीन विभाग वा संक्रमण रोकथाम विभागका स्रोत÷साधनहरुलाई संक्रमित भएकाहरुको उपचारमा मात्र केन्द्रित हुन मद्दत गर्ने कम्पनीको भनाइ छ ।

लक्ष्मी ग्रुपले सधैँ यस्ता परोपकारी उद्देश्यहरुलाई आफ्नो कर्पोरेट सामाजिक उत्तरदायित्वअन्तर्गत सहयोग गर्दै आइरहेको जनाएको छ । साथै कम्पनीले नेपालमा हाल आएको कठिन परिस्थितिलाई संयमसाथ सामना गर्नका साथै कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि सम्पूर्ण नेपालीलाई आफ्नो आफनो क्षेत्रबाट सहयोग गर्न आग्रह गरेको छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया