बजाजले मनायो २५औँ वर्षको सफल लिडरसिप
काठमाडौं । नेपालका लागि बजाज मोटरसाइकलको आधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनी प्रालिले रजत जयन्तीको अवसरमा ‘लिडरसिपको २५ वर्ष : बजाज लिडर्स मिट–२०२३’ मनाएको छ ।
उक्त अवसरमा हंसराज हुलासचन्द एण्ड कम्पनी प्रालिका निर्देशक अभिमन्यु गोल्छाले नेपालको अटोमोटिभ उद्योगमा बजाजको २५औँ वर्षको रजत उत्सव मनाउन पाउँदा खुसी लागेको बताए । सन् १९९८ मा नेपाली बजारमा प्रवेश गरेको कम्पनीले हाइ–पर्फर्मेन्स मोटरबाइकहरु सुपथ मुल्यमा उपलब्ध गराउँदै आएको छ । नेपालमा यसको सबैभन्दा ठूलो सर्भिस नेटवर्क पनि छ । कम्पनीका अनुसार उत्कृष्ट रिसेल भ्यालु, उत्कृष्ट उत्पादनहरू, स्पेयर पाटर््सहरुको सहज उपलब्धता र उपभोक्तामैत्री नीतिहरुले गर्दा बजाजका मोटरसाइकलहरु लोकप्रिय छन् ।
योसँगै बजाजले नववर्ष २०८० क्याम्पेन पनि सुरु गरेको छ । यसअन्तर्गत बजाजका कुनै पनि आधिकारिक डिलरहरुबाट मोटरसाइकल खरिद गर्ने २५ जना उपभोक्ताहरुले २५ प्रतिशतसम्म डाउन पेमेन्ट, १० हजार रुपैयाँसम्मको स्योर–शट क्यास डिस्काउन्ट, एक किलो चाँदी जित्ने मौका पाउनेछन् ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3
ताजा अपडेट
- १७ खर्ब ५१ अर्ब ३१ करोडको बजेट प्रस्तुत (पूर्ण पाठ)
- विदेशी लगानीकर्ताको सहभागितामा पूर्वाधार फण्ड स्थापना गरिने
- कृषिमा दर्जनौँ नयाँ कार्यक्रम
- पशुपन्छीको महामारी नियन्त्रणका लागि भ्याक्सिन उत्पादन गरिने
- गाँजा खेतीको सम्भाव्यता अध्ययन गरिने
- स्थानीय तह र प्रदेशलाई समानीकरण अनुदान एक खर्ब ४६ अर्ब र सःशर्त अनुदान दुई खर्ब २७ अर्ब
- अर्थतन्त्रलाई गतिशील र फराकिलो बनाइनेछ : अर्थमन्त्री डा. महत
- प्रोत्साहन भत्ता र अतिरिक्त भत्ता खारेज
धेरैले पढेको
- बाँझो जग्गामा सामूहिक आलु खेती
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- जनता कति टुलुटुलु हेरेर बस्ने ?
तपाईको प्रतिक्रिया