नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचन आज
काठमाडौं,निजी क्षेत्रको सबैभन्दा ठूलो छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघको नयाँ नेतृत्वचयनका लागि आज निर्वाचन हुँदै छ । मंगलबारबाट सुरु भएको महासंघको ५७औँ वार्षिक साधारणसभाबाट महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकाल स्वतः अध्यक्ष बन्दै छन् ।
महासंघको विधानअनुसार वरिष्ठ उपाध्यक्ष अर्को कार्यकालमा स्वतः अध्यक्ष बन्ने व्यवस्था भएअनुसार ढकाल अध्यक्ष बन्दै छन् । नयाँ वरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष र सदस्यहरु चुनावबाट चुनिनेछन् ।वरिष्ठ उपाध्यक्षका लागि अञ्जन श्रेष्ठ, उमेशलाल श्रेष्ठ र रामचन्द्र संघाईको बीचमा प्रतिस्पर्धा हुँदै छ । सबै उम्मेदवारहरु आफ्नो प्यानलसहित चुनावी प्रतिस्पर्धामा आएका हुन् ।
संघाई प्यानलबाट जिल्ला नगर उपाध्यक्षमा सुरकृष्ण वैद्य, वस्तुगत उपाध्यक्षमा सुकुन्तलाल हिराचन र एसोसिएट उपाध्यक्षमा ज्योत्स्ना श्रेष्ठ छिन् । अञ्जन श्रेष्ठको प्यानलमा जिल्लानगर उपाध्यक्षमा अरुणराज सुमार्गी र वस्तुगत उपाध्यक्षमा मनिषलाल प्रधान उम्मेदवार छन् । उमेशलाल श्रेष्ठको प्यानलमा जिल्लानगर उपाध्यक्षमा दिनेश श्रेष्ठ र वस्तुगत उपाध्यक्षमा हेमराज ढकाल उम्मेदवार छन् । एसोसिएटतर्फको उपाध्यक्षमा अञ्जन श्रेष्ठ र उमेशलाल श्रेष्ठको संयुक्त उम्मेदवार भरतराज आचार्य छन् ।
महासंघ कार्यकारिणी समितिमा प्रत्येक प्रदेशबाट एक÷एक कजना सदस्य निर्वाचित हुनेछन् । जिल्ला नगर संघ सदस्यमा १८ जनाका लागि ३२ जनाको उम्मेदवारी परेको छ । वस्तुगत संघतर्फको सदस्यमा १४ जनाका लागि २८ जनाको उम्मेदवारी परेको छ । द्विराष्ट्रिय उद्योग वाणिज्य संघतर्फ एक पदका लागि दुई जना, एसोसिएट सदस्यमा १९ जनाका लागि २९ जना र निर्वाचन क्षेत्र संस्थापक सदस्य समूहबाट एक जनाको उम्मेदवारी परेको छ ।
मंगलबारबाट सुरु भएकोे साधारणसभाले ६४ सदस्यीय नयाँ कार्यसमिति चयन गर्नेछ ।महासंघको बैठकले नेपाल प्रज्ञा–प्रतिष्ठानलाई मतदान केन्द्र तोेको छ भने बिहान ८ बजेदेखि बेलुका ४ बजेसम्म मतदानको समय तोकिएको छ ।विधानअनुसार वरिष्ठ उपाध्यक्षको उम्मेदवार निर्वाचित हुन ५० प्रतिशतभन्दा बढी मत ल्याउनुपर्छ । कुनै उम्मेदवार पहिलो चरणमा निर्वाचित हुन नसके दोस्रो चरणका लागि फेरि निर्वाचन हुनेछ । दोस्रो चरणको निर्वाचन गर्नुपरे पहिलो चरणमा सबैभन्दा बढी मत ल्याउने दुई उम्मेदवारबीच प्रतिस्पर्धा हुनेछ ।
साधारणसभाको उद्घाटन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गरेका छन् । साधारणसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले अर्थतन्त्र सुधारका लागि सरकारले अधिकतम प्रयास गरिरहेकोले नआत्तिन निजी क्षेत्रलाई आग्रह गरेका छन् । प्रधानमन्त्री दाहालले मुलुक आर्थिक रुपले चुनौतीपूर्ण रहेको अवस्थामा आफूले जिम्मेवारी सम्हालेको र अहिलेको संकटमोचन गर्ने अवसर यो सरकारलाई रहेको बताएका हुन् ।
‘सरकारको सम्पूर्ण तागत अर्थतन्त्रलाई लयमा ल्याउने र त्यसलाई गति दिनेतर्फ केन्द्रित हुन्छ । पछिल्ला दिनहरुमा केही सकारात्मक संकेतहरु पनि देखिन थालिसकेका छन्’, उनले भने । नयाँ संविधान निर्माणपछि आर्थिक रुपमा गुणात्मक फड्को मार्ने अपेक्षा गरिए पनि राष्ट्रिय र अन्तर्राष्ट्रिय परिस्थितिका कारण त्यो सम्भव नभएको पनि बताए ।
कोभिड–१९ र रुस–युक्रेन युद्धको असर अहिले पनि रहेकोले सार्वजनिक र निजी क्षेत्रको सहकार्यलाई प्रभावकारी नबनाईकन आर्थिक सुधार गर्न नसकिनेमा जोड दिए । उनले भने, ‘अर्थतन्त्रको अहिलेको दबाब निजी क्षेत्रको सहयोगविना सामना गर्न सकिँदैन भनेर सरकारले पहिलो निर्णयबाटै सहकार्य अघि बढाएको छ । निजी क्षेत्रबाट धेरै सुझाव सरकारले लिएको छ । अर्थ मन्त्रालय र नेपाल राष्ट्र बैंकसँग पनि प्रधानमन्त्रीका रुपमा मैले धेरै छलफल गरेको छु, तर अपेक्षित रुपमा सुधार नभएकै हो ।’
प्रधानमन्त्री दाहालले बजेट निर्माणको क्रममा तरलता, राजस्व, रेमिट्यान्सलगायतका आर्थिक सूचकहरुको सुधारमा गम्भीर हुने प्रतिबद्धता पनि जनाए । आफ्नो सरकारले अर्थतन्त्रमा देखिएको चुनौतीलाई कसरी सुधार गर्ने भनेर लागिरहेको र पछिल्लो समय नतिजा देखापर्न थालेको समेत बताए ।
उत्पादन, बजार व्यवस्थापन, रोजगारी सिर्जना, राष्ट्रिय आयको वृद्धि र देश विकासमा निजी क्षेत्रमो महत्वपूर्ण भूमिका रहेको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले व्यवसाय सञ्चालनमा आएका व्यवधानको समाधानका लागि राज्यले सहजीकरण गर्ने बताए । संविधानले नै तीनखम्बे अर्थनीतिको व्यवस्था गरेकामा त्यसको प्रभावकारी कार्यान्वयनका लागि पनि जोड दिए ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #Page 1
ताजा अपडेट
- प्रधानमन्त्री दाहाल र भारतीय राष्ट्रपतिबीच भेट
- प्रधानमन्त्री दाहाल र भारतीय उपराष्ट्रपतिबीच भेटवार्ता
- वथनाहादेखि विराटनगरसम्म कार्गो रेल सेवा सञ्चालन
- गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा आइएलएस प्रणाली सञ्चालनको बाटो खुल्यो
- १० वर्षमा भारतले नेपालबाट ‘१०,००० मेगावाट बिजुली आयात गर्ने’
- नयाँ कानुनअनुसार नागरिकता वितरण कहिलेदेखि, कसकसले पाउँछन ?
- नक्कली शरणार्थी प्रकरणबारे ‘वास्तविकता चाँडै निर्क्योल हुने’ अमेरिकाको आशा
- गौतमबुद्ध विमानस्थलका लागि आईएलएस अवतरणको सुविधा खुल्ला गर्ने समझदारी
धेरैले पढेको
- सामाजिक सुरक्षा कोषको साढे ३४ अर्ब रुपैयाँ उत्पादन र पूर्वाधारमा लगानी गरिने
- जीवन बीमा कम्पनीले १० महिनामा उठाए एक खर्ब १४ अर्ब बीमाशुल्क
- बाँझो जग्गामा सामूहिक आलु खेती
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- जनता कति टुलुटुलु हेरेर बस्ने ?
तपाईको प्रतिक्रिया