Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगमहासङ्घ निर्वाचन : जिल्लानगर र वस्तुगतर्फ मतदान सकियो, एशोसिएटको जारी

महासङ्घ निर्वाचन : जिल्लानगर र वस्तुगतर्फ मतदान सकियो, एशोसिएटको जारी


काठमाडौं, नेपाल उद्योग वाणिज्य महासङ्घको नयाँ कार्यकारिणी समितिको निर्वाचन कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा जारी छ । बिहान ८ बजेदेखि सुरु भएको मतदानमा जिल्लानगर र वस्तुगततर्फको मतदान सकिएको छ भने एशोसिएटतर्फतको मतदान जारी रहेको निर्वाचन अधिकृत रमणकुमार कर्णले जानकारी दिए ।

“बिहान ८ बजेदेखि सुरु भएको मतदान बीचमा केहीबेर अवरोध भएकाले थप दुई घण्टा समय थप गरेर साँझ ६ बजेसम्म कायम गरिएको छ”, उनले भने , “हालसम्म जिल्लानगर र वस्तुतर्फको मतदान सकिसकेको छ भने एशोसिएटतर्फ एक हजार पाँच सयभन्दा बढी मत खसिसकेको छ ।”

महासङ्घका अनुसार वस्तुगततर्फ एक सय २३ र जिल्ला नगरतर्फ एक सय १९ जना मतदाता छन् भने एशोसिएटतर्फ एक हजार सात सय ६२ मतदाता छन् । निर्वाचन अधिकृत कर्णका अनुसार जिल्लानगर र वस्तुगततर्फ शतप्रतिशत मतदान भएको छ ।

यो निर्वाचनबाट आगामी तीन वर्षको कार्यकालका लागि नयाँ नेतृत्व चुनिँदैछ । महासङ्घको विधानअनुसार वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकाल स्वतः अध्यक्ष बन्दै छन् । अहिले वरिष्ठ उपाध्यक्षका लागि रामचन्द्र सङ्घई, अञ्जन श्रेष्ठ र उमेशलाल श्रेष्ठबीच त्रिपक्षीय प्रतिस्पर्धा भइरहेको छ ।

निर्वाचनमा सङ्घई प्यानलबाट जिल्ला नगर उपाध्यक्षमा सुरकृष्ण वैद्य, वस्तुगत उपाध्यक्षमा सुकुन्तलाल हीराचन र एसोसिएट उपाध्यक्षमा ज्योत्सना श्रेष्ठ उम्मेदवार छन्। अञ्जन श्रेष्ठ प्यानलमा वस्तुगत उपाध्यक्षमा मनिषलाल प्रधान र जिल्ला नगर उपाध्यक्षमा अरुणराज सुमार्गी उम्मेदवार छन् । उमेशलाल श्रेष्ठको प्यानलमा जिल्ला नगर उपाध्यक्षतर्फ दिनेश श्रेष्ठ र वस्तुगत उपाध्यक्षमा हेमराज ढकाल उम्मेदवार छन् । एसोसिएटतर्फको उपाध्यक्षमा भने अञ्जन श्रेष्ठ प्यानल र उमेशलाल श्रेष्ठ प्यानलको संयुक्त उम्मेदवारका रुपमा भरतराज आचार्य रहेका छन् ।

महासङ्घ कार्यकारिणी समितिमा प्रत्येक प्रदेशबाट एक–एक जना सदस्य रहन्छन् । जसका लागि कोशी प्रदेश सदस्यमा टङ्कप्रसाद दुलाल, नरेन्द्रकुमार खड्का र तारानाथ घिमिरेबीच प्रतिस्पर्धा भइरहेको छ । मधेस प्रदेश सदस्यका लागि विजयकुमार साह र अरुणकुमार प्रधानको उम्मेदवारी छ भने बागमती प्रदेशबाट कृष्णप्रसाद अवाल र सविन श्रेष्ठ आमनेसामने हुनेछन् । गण्डकी प्रदेशबाट जीवनज्योति श्रेष्ठ र युवराज राजभण्डारीको उम्मेदवारी परेको छ भने लुम्बिनी प्रदेशबाट जम्शेर मियाँको एकल उम्मेदवारी छ । त्यस्तै, कर्णाली प्रदेशबाट लालिमान बुढा, धनबहादुर रावत क्षेत्री र कुलबहादुर विश्वकर्मा तथा सुदूरपश्चिम प्रदेशबाट रामबहादुर भण्डारी र जङ्गबहादुर मल्लको उम्मेदवारी छ ।

संस्थापक सदस्य समूहतर्फ भीष्मप्रसाद न्यौपाने र टीकाराज ढकालको उम्मेदवारी छ । उनीहरुमध्ये एकजना निर्वाचित हुनुहुनेछ । वस्तुगत सङ्घतर्फको सदस्यमा २८ जनाको उम्मेदवारी परेकामा १४ जना निर्वाचित हुनेछन् ।

राससका अनुसार त्यस्तै जिल्ला नगर सङ्घ सदस्यमा ३२ जनाको उम्मेदवारी परेको छ । जसमा १८ जना निर्वाचित हुनेछन् । एसोसिएट सदस्यतर्फ १९ जना सदस्यका लागि ३० जनाको उम्मेदवारी परेको छ । द्विराष्ट्रिय उद्योग वाणिज्य सङ्घ सदस्यतर्फ सुनिल केसीको एकल उम्मेदवारी परेको छ ।

महासङ्घको विधानअनुसार वरिष्ठ उपाध्यक्षको उम्मेदवार निर्वाचित हुन ५० प्रतिशतभन्दा बढी मत प्राप्त गर्नुपर्ने भएकाले कुनै उम्मेदवार पहिलो चरणमा निर्वाचित हुन नसकेका दोस्रो चरणका लागि भोलि बिहान ११ बजेदेखि बेलुका ५ बजेसम्म फेरि मतदान हुनेछ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया