काठमाडौं,नेपाल उद्योग वाणिज्य महासंघको नयाँ कार्यसमिति चयनका लागि बुधबार निर्वाचन सम्पन्न भएको छ । वरिष्ठ उपाध्यक्ष अर्को कार्यकालमा अध्यक्ष बन्ने व्यवस्थाअनुरुप चन्द्रप्रसाद ढकाल स्वतः अध्यक्ष बनेका छन् । वरिष्ठ उपाध्यक्षसहित ६४ सदस्यीय नयाँ कार्यसमितिका लागि निर्वाचन भएको हो ।
वरिष्ठ उपाध्यक्षका लागि अञ्जन श्रेष्ठ, उमेशलाल श्रेष्ठ र रामचन्द्र संघाईबीच प्रतिस्पर्धा भएको छ । तीनै जनाले प्यानलसहित उम्मेदवारी दिएका थिए ।
बुधबार बिहान १० बजेबाट सुरु भएको निर्वाचन साँझ ६ बजे सम्पन्न भएको थियो । नतिजाअनुसार महासंघको वस्तुगत उपाध्यक्षमा उमेशलाल श्रेष्ठ समूहका हेमराज ढकाल विजयी भएका छन् ।
यस्तै कार्यकारिणी समितिमा बागमती प्रदेशबाट उमेशलाल प्यानलकै सविन श्रेष्ठ, कोशी प्रदेशमा अन्जन श्रेष्ठ प्यानलबाट नरेन्द्रकुमार खड्का, मधेश प्रदेशमा अरुण प्रधान विजयी भएका छन् । यस्तै कर्णाली प्रदेशमा लालिमान बुढा विजयी भएका छन् ।
वस्तुगत संघतर्फ नरेशलाल श्रेष्ठ, लिलेन्द्रप्रसाद प्रधान, हरिबहादुर कार्की, शिवप्रसाद घिमिरे, अरनीको राजभण्डारी, डा. सुवोधकुमार गुप्ता, रविन पुरी, शोभा ज्ञवाली, भक्तबहादुर हमाल, नानीराज घिमिरे, मनोज अधिकारी, कमला श्रेष्ठ, पशुपतिदेव पाण्डे, राजकुमार कार्की, विजयी भएका छन् ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #Page 1, #page 2
ताजा अपडेट
- नयाँ कानुन अनुसार नागरिकता वितरण ‘तत्काल कार्यान्वयन नगर्न’ सर्वोच्च अदालतको आदेश
- ओडिशा रेल दुर्घटनामा नेपाली नागरिक परे-नपरेको बुझ्ने काम जारी: नेपाली दूतावास
- गण्डकी प्रदेश सरकारको नीति तथा कार्यक्रम प्रस्तुत
- समसामयिक राजनीतिक व्यङ्ग्य
- विपन्न गर्भवतीलाई निःशुल्क अल्ट्रासाउण्ड
- दश प्रतिशत बिरामीको निःशुल्क उपचार गर्न निर्देशन
- राष्ट्रिय योजना आयोगले पायो पूर्णता
- पाकिस्तानको मुद्रास्फीति दरमा नयाँ रेकर्ड
धेरैले पढेको
- बाँझो जग्गामा सामूहिक आलु खेती
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
- जनता कति टुलुटुलु हेरेर बस्ने ?
तपाईको प्रतिक्रिया