काठमाडौं । सर्वाधिक प्रतिष्ठित चुनौतीपूर्ण ब्राण्ड बन्ने होडमा रहेको पेप्सीले अझ बढी फिज, अझ बढी स्फूर्ति भन्ने आफ्नो सिद्धान्तलाई निरन्तरता दिन अर्को नयाँ टीभीसी सार्वजनिक गरेको छ ।
कम्पनीले सार्वजनिक गरेको टीभीसीमा ब्राण्ड सद्भावनादूत प्रदीप खड्कालाई देख्न सकिन्छ । यो नयाँ फिल्मले पनि पेप्सी युवाहरुको आवाज र रोजाइ हो भन्नेमा जोड दिएको छ । कम्पनीका अनुसार यस अभियानको मुख्य ध्येय युवाहरुलाई पेप्सी पिउन प्रोत्साहित गर्नु रहेको छ, जसले ग्राहकहरुलाई अझ बढी फिजका साथ स्फूर्तिदायी अनुभूति दिइरहेको छ ।
फिल्मको सुरुवात युवा जोडी डिनर टेबलमा चिसो पेप्सीको साथ देखिन्छ । केटा उठेर जान्छ र वेट्रेससँग अझ बढी फिज भएको चिसो पेय माग्छ । यस्तैमा ऊ नजिक चर्चित नायक प्रदीप खड्का बसिरहेको देख्छ । प्रदीपले एउटा गिलासमा कोला पेय खन्याएर ती युवालाई पिउन दिन्छन् । सो युवाको प्यास नाटकीय रुपमा मेटिन्छ र उसले वेट्रेसलाई आफूलाई पनि भर्खरै पिएको त्यही कोला पेय दिन आग्रह गर्दछ । यो सुनेर, प्रदीपले उसलाई आफूले पेप्सी पिउन दिएको बताउँछन्, यो थाहा पाएर त्यो केटा झनै अचम्ममा पर्छ किनकि उसले पेप्सीमा त्यति धेरै फिज हुन्छ भन्ने सोचेकै थिएन । त्यसपछि त्यो केटाले पेप्सीको बोतल लिन्छ र उसले अझ बढी स्फूर्तिका साथ आनन्द लिइरहेको देखिन्छ ।
पेप्सीको नेपालका एसोसिएट डाइरेक्टर अनुज गोयलले पेप्सीको नयाँ अभियानले थप गरिएको फिजलाई अनौठो कथाको माध्यमबाट प्रस्तुत गरेर ब्राण्डको स्थितिलाई अझ मजबुत बनाएको बताए । यस्तै कम्पनीका ब्राण्ड एम्बेसेडर प्रदीप खड्काले यो नयाँ अभियानले पेप्सी कसरी गृष्मयामको तापलाई शीतलतामा परिणत गराउने निर्विकल्प स्फूर्तिदायक पेय पदार्थ हो भन्ने प्रस्तुत गरेको बताए । अझ बढी फिज भएको नयाँ पेप्सी एकल र बहु पेट सर्भ प्याकहरुसहित नेपालका मोडर्न तथा ट्रेडिसनल रिटेलहरुमा र इ–कमर्स प्लेटफर्महरुमा पाइन्छ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3
ताजा अपडेट
- १७ खर्ब ५१ अर्ब ३१ करोडको बजेट प्रस्तुत (पूर्ण पाठ)
- विदेशी लगानीकर्ताको सहभागितामा पूर्वाधार फण्ड स्थापना गरिने
- कृषिमा दर्जनौँ नयाँ कार्यक्रम
- पशुपन्छीको महामारी नियन्त्रणका लागि भ्याक्सिन उत्पादन गरिने
- गाँजा खेतीको सम्भाव्यता अध्ययन गरिने
- स्थानीय तह र प्रदेशलाई समानीकरण अनुदान एक खर्ब ४६ अर्ब र सःशर्त अनुदान दुई खर्ब २७ अर्ब
- अर्थतन्त्रलाई गतिशील र फराकिलो बनाइनेछ : अर्थमन्त्री डा. महत
- प्रोत्साहन भत्ता र अतिरिक्त भत्ता खारेज
धेरैले पढेको
- बाँझो जग्गामा सामूहिक आलु खेती
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- जनता कति टुलुटुलु हेरेर बस्ने ?
तपाईको प्रतिक्रिया