चांगन अटोको ‘नयाँ साल, साह्रै बब्बाल अफर’ सार्वजनिक
काठमाडौं । चांगन अटो नेपालले नयाँ वर्ष २०८० लाई लक्षित गरी ‘नयाँ साल, साह्रै बब्बाल अफर’ सार्वजनिक गरेको छ । चांगन अटो नेपालले प्रिमियम सेडान ‘एल्सभिन’ र प्रिमियम पिक–अप ‘हन्टर’ लिन इच्छुक ग्राहकहरुका लागि आकर्षक अफरहरु सार्वजनिक गरेको हो ।
कम्पनीका अनुसार यो अफर वैशाख १ देखि ३१ गतेसम्मको लागि लागू हुनेछ । यस अफरअन्तर्गत, ग्राहकहरुले चांगनको कुनै पनि सवारीसाधनको खरिदमा सिंगापुर र मलेसियाको ५ रात/६ दिनको लागि वैदेशिक भ्रमण वा एप्पलको उत्पादन (आईफोन १४, आईवाच र एयरवर्डस्) जित्न सक्नेछन् । यसका साथै चांगनको कुनै पनि सवारीसाधनको खरिदमा ५० हजार रुपैयाँसम्मको फेस्टिव बोनस तथा स्क्राच कार्डमार्फत ५० हजार रुपैयाँसम्मको अधिक छुट पाउन सक्नेछन् ।
यसैगरी ग्राहकले आफ्नो कुनै पनि ब्राण्डको साधन साट्न इच्छुक ग्राहकवर्गहरुले भने थप दुई लाख रुपैयाँसम्मको एक्सचेन्ज बोनस पाउनेछन् । चांगन अटो नेपालले टेस्ट राइड गर्ने ग्राहकवर्गहरुलाई आकर्षक उपहार तथा हरेक हप्ता एक भाग्यमानी विजेतालाई एक रात÷दुई दिनको लागि नगरकोटमा होलिडे प्याकेजको व्यवस्था पनि मिलाएको छ ।
चांगन अटो, नेपाली बजारमा प्रवेश गरेको एक वर्ष भएसँगै विभिन्न उत्कृष्ट अफरहरु उपलब्ध गराउँदै आइरहेको छ । कम्पनीले चांगन गाडीको ग्राहकहरूलाई उत्कृष्ट सेवा र सुविधा प्रदान गर्ने प्रतिबद्धता समेत जनाएको छ । ग्राहकहरुले चांगनको नक्साल, काठमाडौंमा अवस्थित शोरुममा गई गाडीको अवलोकन गरी टेस्ट राइड पनि गर्न सक्नेछन् । चांगननेपाल डटकममार्फत टेस्ट राइडको लागि बुकिङ गर्न सकिने कम्पनीले जनाएको छ । चांगन अटोसम्बन्धी सम्पूर्ण जानकारी चाङ्गनको वेबसाइट, फेसबुक र इन्स्टाग्राममार्फत लगइन गरी प्राप्त गर्न सकिनेछ ।
क्याटेगोरी : अटो बजार, कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #Page 10
ताजा अपडेट
- सर्वोच्च अदालतमा नागरिकता विधेयक खारेजीको माग
- सिटिइभिटीका कर्मचारी खोज्न सशस्त्र प्रहरीको गोताखोर परिचालन
- स्वास्थ्यमन्त्रीद्वारा विपन्न र असहायको निःशुल्क उपचार नगर्ने अस्पताललाई कारबाही
- भारतीय दूतावास अगाडि युवा संगठनको विरोध प्रदर्शन
- नक्कली ‘वर्क पर्मिट’ बनाएर ठगी गर्ने गिरोहसँग सावधान
- पाँच वर्षमा हुने संसारीमाईको सप्ताहव्यापी महापूजा सुरु
- देउवाले गरेका पार्टी हित विपरीतका निर्णय सहेर नबस्ने : गगन थापा
- सुनकोशी नदीमा बेपत्ता तीनको पहिचान खुल्यो
धेरैले पढेको
- बाँझो जग्गामा सामूहिक आलु खेती
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
- जनता कति टुलुटुलु हेरेर बस्ने ?
तपाईको प्रतिक्रिया