Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगमहासंघको वरिष्ठ उपाध्यक्षमा अञ्जन श्रेष्ठ

महासंघको वरिष्ठ उपाध्यक्षमा अञ्जन श्रेष्ठ


काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा अञ्जन श्रेष्ठ निर्वाचित भएका छन् । पहिलो चरणको निर्वाचनमा तीनवटै प्रत्याशीमध्ये कसैले पनि ५० प्रतिशत मत कटाउन नसकेपछि दोस्रो चरणको निर्वाचन पक्का भएको थियो । पहिलो चरणमा कोही पनि निर्वाचित हुन नसके सबैभन्दा बढी मत ल्याउने दुई उम्मेदवारबीच भिडन्त हुने व्यवस्थाअनुसार अञ्जन श्रेष्ठ र उमेशलाल श्रेष्ठबीच प्रतिस्पर्धा हुने पक्का थियो । तर दुवै उम्मेदवारले सहमतिमा जाने भन्दै समय मागेपछि मतदान रोकिएको थियो । पछि उमेशलालले सहमतिमै अञ्जनलाई समर्थन गरेपछि महासंघले वरिष्ठ उपाध्यक्ष पाएको हो ।

वरिष्ठ उपाध्यक्षमा अञ्जन श्रेष्ठ, उमेशलाल श्रेष्ठ र रामचन्द्र संघाई प्यानलसहित भिडन्तमा थिए । पहिलो चरणको निर्वाचनमा अञ्जनले ३७ दशमलव ९९ प्रतिशत, उमेशले ३१ दशमलव ७१ प्रतिशत र रामचन्द्रले ३० दशमलव ४६ प्रतिशत मत पाएका थिए । संघाई दोस्रो चरणको निर्वाचन प्रक्रियाबाट बाहिरिएका थिए । अञ्जन र उमेशलालबीच सहमति भएपछि दोस्रो चरणको निर्वाचन गर्नुपरेन ।

विधानअनुसार वरिष्ठ उपाध्यक्षमा निर्वाचित व्यक्ति तीन वर्षको कार्यकाल पूरा गरेपछि अर्को कार्यकालमा स्वतः महासंघको अध्यक्ष हुने व्यवस्था छ । सोही व्यवस्थाअनुसार चन्द्रप्रसाद ढकाल महासंघको अध्यक्ष बनेका छन् ।

महासंघले सार्वजनिक गरेको निर्वाचन परिणामअनुसार उपाध्यक्षहरुमा उद्योग वाणिज्य समूहतर्फ रामचन्द्र संघाई प्यानलबाट सुरकृष्ण वैद्य विजयी भएका छन् । उनी निकटतम प्रतिस्पर्धी अरुणराज सुमार्गीलाई पछि पार्दै विजयी भएका हुन् । वस्तुगत समूहतर्फ उमेशलाल श्रेष्ठ प्यानलबाट उम्मेदवारी दिएका हेमराज ढकाल विजयी भएका छन् । उनले संघाई प्यानलका सुकुन्तलाल हिराचनलाई पछि पार्दै विजयी भएका हुन् । एसोसिएटतर्फको उपाध्यक्ष पदमा संघाई प्यानलबाट ज्योत्स्ना श्रेष्ठ निर्वाचित भइन् । उनले उमेशलाल र अञ्जन प्यानलका साझा उम्मेदवार भरतराज आचार्यलाई पछि पार्दै विजयी भएकी हुन् ।

कार्यसमिति सदस्यहरुमा प्रदेशअन्तर्गत कोशी प्रदेशबाट नरेन्द्रकुमार खड्का, मधेश प्रदेशबाट अरुणकुमार प्रधान, बागमती प्रदेशबाट सविन श्रेष्ठ, लुम्बिनी प्रदेशबाट जम्शेर मिया, कर्णाली प्रदेशबाट लालिमान बुढा र सुदूरपश्चिम प्रदेशबाट जंगबहादुर मल्ल निर्वाचित भएका छन् ।

सदस्यहरुमा उद्योग वाणिज्य संघतर्फ १८ जना निर्वाचित भएका छन् । अनिल कृष्ण श्रेष्ठ, अब्दुल बाहिद मन्सुरी, अमरेशचन्द्र बैदार, उज्ज्वलप्रसाद कसजु, उमेश डालमिया, कल्पना गैरे, किशोरकुमार आचार्य, केशवप्रसाद भण्डारी, कृष्ण कुटवाल, गोकुल श्रेष्ठ, ताराबहादुर कार्की, दिपक नेपाल, नविन रिजाल, निरक के.सी., पुष्पराज कुँवर, प्रयास कार्की, वेदबहादुर श्रेष्ठ, मन्जुकुमार श्रेष्ठ (कोजु) र मोहनप्रसाद श्रेष्ठ रहेका छन् ।

वस्तुगत संघतर्फ सदस्य पदमा विजयी भएका १४ जना सदस्यहरुमध्ये अरनिको राजभण्डारी, कमला श्रेष्ठ, डा. सुबोधकुमार गुप्ता, नरेशलाल श्रेष्ठ, नानीराज घिमिरे, पशुपतिदेव पाण्डे, भक्तबहादुर हमाल, मनोज अधिकारी, रविन पुरी, राजकुमार कार्की, लिलेन्द्रप्रसाद घिमिरे, शोभा ज्ञवाली र हरिबहादुर कार्की रहेका छन् ।

एसोसिएट सदस्य पदमा १९ जना निर्वाचन भएका छन् । अम्बिका प्रसाद पौडेल, अविनाश बोहरा, आनन्दकुमार अग्रवाल (बगडिया), उज्ज्वलकुमार श्रेष्ठ, ऋषि अग्रवाल (चैनवाला), गोपाल खनाल, जुना माथेमा, डा. रामशरण थपलिया, देशबन्धु बस्नेत, प्रवलजंग पाण्डे, बाबुककाजी कार्की, मनोज पौडेल, राजेशकुमार अग्रवाल, शक्तिकुमार बेगानी, शुसिल थापा, शैलेन्द्र गुरागाई्ं, सन्दिपकुमार अग्रवाल, सुनिल नारायण श्रेष्ठ र हेमन्त गोल्छा छन् ।

यस्तै द्विराष्ट्रिय उद्योग वाणिज्य संघतर्फ सदस्य पदमा सुनिल के.सी. र संस्थापक सदस्य समूहअन्तर्गतको सदस्य पदमा भीष्मप्रसाद न्यौपाने निर्वाचित भएका छन् ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #Page 1

तपाईको प्रतिक्रिया