Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगउद्योग वाणिज्य संघद्वारा पाँच हजार मास्क वितरण

उद्योग वाणिज्य संघद्वारा पाँच हजार मास्क वितरण


काठमाण्डौं,चैत १७

विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस कोभिड १९ महामारीको रोकथामका लागि कञ्चनपुर उद्योग वाणिज्य संघद्वारा कञ्चनपुरका विभिन्न निकायलाई मास्क वितरण गरेको छ ।संघले आइतबार करिब पाँच हजार चार सय मास्क वितरण गरेको छ । संघले नेपाल आर्मीलाई एक हजार थान, भीमदत्त नगरपालिकालाई ३ हजार थान, जिल्ला प्रहरी कार्यालयलाई ३ सय थान, इलाका प्रहरी कार्यालय गड्डाचौकीलाई एक सय थान, भन्सार गस्तीलाई ४ सय थान र सशस्त्र सीमा सुरक्षा प्रहरीलाई ६ सय थान परी पाँच हजार चार सय मास्क वितरण गरेको उद्योग वाणिज्य संघले बताएको छ ।

यस्तै संघले स्थानीय क्षेत्रमा खाद्यान्नको अभाव सिर्जना हुन नदिन टोलटोलमा खाद्यान्न पु¥याउन घुम्ती शिविर सञ्चालन गरेको छ । वाणिज्य संघले महेन्द्रनगरका सबै टोलहरुमा घरघरमा गाडी मार्फत खाद्य सामग्री उपलब्ध गराउने कार्य गरिएको उद्योग वाणिज्य संघका उपाध्यक्ष पिताम्बर जोशीले बताए ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया