साढे पाँच वर्षमा पाँच लाख नेक्सन बिक्री
काठमाडौं । टाटा मोटरसले भारतीय बजारमा पाँच लाखवटा नेक्सन बिक्रीवितरण सफल भएको छ । कम्पनीको पुनास्थित रंजनगाव म्यानुफ्याक्चरिंग युनिटमा निर्मित यस गाडी सन् २०१७ बाट बजारमा ल्याइएको थियो ।
साढे पाँच वर्षको छोटो अवधिमै यसले उक्त सफलता हासिल गरेको हो । अझ उल्लेखनीय पक्ष भनेको पाँच लाखमध्ये पछिका एक लाख केबल सात महिनामा बिक्री भएको थियो । हालका वर्षहरूमा नेक्सन कम्पनीको निरन्तर बजारले रुचाएको मोडेलरूपमा स्थापित भएको छ । सन् २०२० मा ‘फेसलिफ्ट’को आगमनपछि यसको बजार विस्तारले झन् तीव्र ढंगले अगाडि बढेको पाइन्छ । नेक्सन १२ सय सय सीसीको रेभोट्रन पेट्रोल इन्जिन र १५ सय सीसीको रेभोटर्क डिजेल इन्जिन उपलब्ध छ । पहिलो प्रकारमा १२० हर्सपावर एवं १७० एनएमको ‘पिक टर्क’ को क्षमता छ भने दोस्रो प्रकारमा १२० हर्सपावरको शक्ति एवं १७० एनएमको पिक टर्कको क्षमता छ । दुवैमा म्यानुएल ट्रान्समिसन स्ट्यानडर्डको रूपमा र सिक्स स्पिड एटीएमको रूपमा रहेको छ ।
नेक्सन एसयूभीले मारुती सुजुकी ब्रेज्जा, ह्युनडाइ भेनु, किया सोनेट, महिन्द्रा एक्सयूभी ३००, निसान म्याग्नाइट र रेनल्ट किगरसँग सशक्त ढंगले प्रतिस्पर्धा गरिरहेको छ । यसमा टचस्क्रिन सिस्टम, सेमी–डिजिटल इन्स्टुमेन्ट कन्सल, थ्री–स्पोक फ्ल्याट–बटम स्टिरिङ ह्विल, स्वचालित क्लाइमेट कन्ट्रोल, क्रुज कन्ट्रोलजस्ता विशेषताहरू छन् । सर्वोत्कृष्ट सुरक्षाको लागि नेक्सनले ग्लोबल एनसीएपीद्वारा पाँचतारे गाडीको मान्यता प्राप्त गरेको छ। यस गाडीले बजारमा अग्रगति लिनुको पछाडि यो एक प्रमुख कारण हो । नेक्सनको विद्युतीय संस्करणले पनि बजारमा अग्रस्थानमा रहेको छ । नेक्सन इभी हाल भारतको सबैभन्दा बढी बिक्री भइरहेको विद्युतीय गाडीको हो ।
टाटाको यस वर्षको अन्त्यसम्म नेक्सनको अझ परिष्कृत र परिमार्जित स्वरूप बजारमा ल्याउने योजना छ । यो नँया स्वरूप अटो एक्स्पो २०२३ मा प्रदर्शन गरिएको ‘कर्भ अवधारणा’मा आधारित छ । १२०० सीसीको टर्बो पेट्रोल इन्जिन भएको यो गाडीको शक्ति १२५ हर्सपावरबराबर हुनेछ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3
ताजा अपडेट
- नयाँ कानुन अनुसार नागरिकता वितरण ‘तत्काल कार्यान्वयन नगर्न’ सर्वोच्च अदालतको आदेश
- ओडिशा रेल दुर्घटनामा नेपाली नागरिक परे-नपरेको बुझ्ने काम जारी: नेपाली दूतावास
- गण्डकी प्रदेश सरकारको नीति तथा कार्यक्रम प्रस्तुत
- समसामयिक राजनीतिक व्यङ्ग्य
- विपन्न गर्भवतीलाई निःशुल्क अल्ट्रासाउण्ड
- दश प्रतिशत बिरामीको निःशुल्क उपचार गर्न निर्देशन
- राष्ट्रिय योजना आयोगले पायो पूर्णता
- पाकिस्तानको मुद्रास्फीति दरमा नयाँ रेकर्ड
धेरैले पढेको
- बाँझो जग्गामा सामूहिक आलु खेती
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
- जनता कति टुलुटुलु हेरेर बस्ने ?
तपाईको प्रतिक्रिया