Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगमहिन्द्राको एक्सयूभी ३०० बजारमा

महिन्द्राको एक्सयूभी ३०० बजारमा


काठमाडौं । महिन्द्राले नेपालमा आफ्नो एक्सयूभी ३०० ब्रान्ड नेपालमा सार्वजनिक गरेको छ । कम्पनीले यो कम्प्याक्ट एसयूभी चार भेरियन्टमा बजारमा ल्याएको जनाएको छ । यसको मूल्य ४२ लाख ९५ हजार रुपैयाँदेखि सुरु छ ।

एक्सयूभी ३०० ले नेपाली ग्राहकहरूलाई असाधारण ड्राइभिङ अनुभव प्रदान गर्ने कम्पनीको दाबी छ । एक्सयूभी ३०० लाई सुरक्षालाई उच्च प्राथमिकतामा राखेर डिजाइन गरिएको छ, जसले यसलाई नेपालको सबैभन्दा सुरक्षित सवारीसाधनहरूमध्ये एक बनाएको छ । यसमा डुअल फ्रन्ट एयरब्यागहरू, ईबीडीसहितको एबीएस, रिभर्स पार्किङ सेन्सरहरू र अन्य धेरै सुरक्षा सुविधाहरू छन् । एक्सयूभी ३०० ले ग्लोबल एनक्याप सुरक्षा परीक्षणहरूमा पनि ५–स्टार रेटिङ प्राप्त गरेको छ । साथै यसमा सात इन्चको टचस्क्रिन इन्फोटेनमेन्ट प्रणाली, स्टेयरिङ माउन्टेड कन्ट्रोल र पुस बटन स्टार्ट/स्टपजस्ता उन्नत प्रविधि सुविधाहरूको दायरा पनि छ । थप रूपमा, शीर्ष–अफ–द–लाइन डब्लू ८ भेरियन्टले सनरुफ, लेदरको सिट र डुअल–जोन अटोमेटिक क्लाइमेट कन्ट्रोल प्रदान गर्दछ ।

एक्सयूभी ३०० मा १.२ लिटर टर्बो–पेट्रोल इन्जिनले ११० पीएस र २०० एनएम टर्क प्रदान गर्दछ । इन्जिन ६ स्पीड म्यानुअल गियरबक्ससँग जोडिएको छ । दुईवटा एयरब्याग, एबीएस, सबै पांग्रामा डिस्क ब्रेक, एलईडी टेल–लाइट र चारवटै पावर विन्डोज सबै मोडलहरूमा मानक छन् । टीजीडीआईद्वारा सञ्चालित एक्सयूभी ३०० टर्वो स्पोर्ट टीएम भेरियन्टले ग्राहकहरूलाई थप विविधता प्रदान गर्दै पोर्टफोलियोमा कार्यसम्पादन गुणांक ल्याउने कम्पनीको भनाइ छ ।

कम्पनीका अनुसार डब्लु४ भेरिइन्टको एक्सयूभी ३०० को मुल्य ४२ लाख ९५ हजार, डब्लू ६ को ४९ लाख ९५ हजार, डब्लु ८ को ५७ लाख ५० हजार र डब्लु ८ ओको मूल्य ६० लाख रुपैयाँ छ । एक्सयूभी ३०० चितुवाबाट प्रेरित डिजाइन र विश्मयकारी प्रदर्शनको एक शक्तिशाली संयोजन हो । एक्सयूभी ३०० सिरिज ७ रङहरू रेड रेज, एक्वा मरिन, डार्क ग्रे, पर्ल ह्वाइट, नेपोली ब्ल्याक, डी–स्याट सिल्भर र ब्लेजिङ्ग ब्रन्जमा उपलब्ध छन् ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3

तपाईको प्रतिक्रिया