Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगक्यान महासंघले ‘प्रि–जब ट्रेनिङ’ आयोजना गर्ने

क्यान महासंघले ‘प्रि–जब ट्रेनिङ’ आयोजना गर्ने


काठमाडौं । कम्प्युटर एसोसिएसन नेपाल (क्यान) महासंघले किशोरी तथा महिलाका लागि लक्षित गर्दै प्रि–जब ट्रेनिङ आयोजना गर्ने भएको छ । इन्टरनेसनल गल्र्स इन आईसीटी डे २०२३ को अवसरमा महासंघले मंगलबारदेखि चार दिनसम्म सञ्चालन हुने गरी उक्त तालिम आयोजना गर्नलागेको हो ।

यसअन्तर्गत महिलालाई रोजगारीमा जानुअघि गर्नुपर्ने पूर्वतयारीका विविध विषयमा प्रशिक्षण दिइने महासंघकी उपाध्यक्ष एवं कार्यक्रमकी संयोजक सरिता सिंहले जानकारी दिइन् । सो अवसरमा कर्पोरेट कल्चर, अफिस इक्विपमेन्ट ह्यान्डलिङ, इमेल र पत्र लेखन, व्यक्तित्व विकास, समय व्यवस्थापन, तनाव व्यवस्थापन, आईसीटीसम्बन्धी सीपहरु, नेतृत्वकला, सामूहिक कार्य, करियर चयन, अन्तर्वार्ता प्रक्रिया आदि विषयमा सहभागीलाई तालिम दिने उपाध्यक्ष सिंहले जानकारी दिइन् । उनका अनुसार तालिमका हरेक सेसन डेढ घण्टासम्म चल्नेछ । कम्तीमा प्लस टु वा सो सरहको प्रमाणपत्र भएका महिलाले यस तालिममा सहभागिता जनाउन सक्नेछन् ।

क्यान महासंघको केन्द्रीय कार्यालय खुसिबुमा तालिम हुनेछ । तालिममा सहभागी हुन ट्रेनिङ डट क्यान डट ओआरजी डट एपी लगइन गरी अनलाइनबाटै नाम दर्ता गराउन सकिन्छ । अन्तर्राष्ट्रिय दूरसञ्चार संघ (आईटीयू) को पहलमा हरेक वर्ष अपिल २७ तारिखका दिन गल्र्स इन आईसीटी डे मनाइन्छ । यो अवसरमा महिलाको प्रविधिमा पहुँचको सुनिश्चितता गर्दै आर्थिक र सामाजिक सशक्तीकरणका निम्ति सहयोग गर्न विश्भर नै रचनात्मक तथा सिर्जनात्मक कार्यक्रम हुने गरेको छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #Page 7

तपाईको प्रतिक्रिया