Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगनेसनल आइसिटी अवार्डबाट इन्फोडेभलपर्स सम्मानित

नेसनल आइसिटी अवार्डबाट इन्फोडेभलपर्स सम्मानित


काठमाडौं । सरकारले नेसनल आइसिटी अवार्ड २०२२ (प्राइभेट सेक्टर) बाट इन्फोडेभलपर्स प्रालिलाई सम्मानित गरेको छ । राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवसको अवसरमा सरकारले इन्फोडेभलपर्सलाई सम्मान गरेको हो ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले मंगलबार आयोजना गरेको कार्यक्रममा सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सो सम्मान गरेकी हुन् । सरकारले सूचना प्रविधि क्षेत्रको विकास र विस्तारको अभियानमा विशिष्ट योगदान दिने व्यक्ति तथा संस्थालाई सम्मान गरेको छ ।

सूचना तथा सञ्चार प्रविधिको अधिकतम् प्रयोगबाट प्रभावकारी सेवा गरेका सार्वजनिक संस्था तथा सूचना प्रविधि क्षेत्रको प्रवर्द्धनमा उत्कृृष्ट कार्य गरी सहयोग पु¥याउने निजी क्षेत्रलाई सम्मान गरिएको हो ।

कार्यक्रममा ‘नेसनल आइसिटी एक्स्लेन्स अवार्ड’ पूर्वसहसचिव वीरेन्द्रकुमार मिश्र, महिलातर्फ ‘नेसनल आइसिटी एक्स्लेन्स अवार्ड’ प्राध्यापक तिमिला यमी थापा र ‘नेसनल आइसिटी इन्नोभेसन अवार्ड’ प्रिसा टेक्नोलोजीलाई प्रदान गरिएको थियो । सो पुरस्कारको राशि एक लाख रुपैयाँ रहेको छ । यस्तै, सरकारी क्षेत्रतर्फ सूचना प्रविधिको प्रयोगमार्फत उत्कृष्ट सेवा पु-याउने सर्वोच्च अदालतलाई ‘नेसनल आइसिटी अवार्ड’ र सूचना प्रविधिको विकासमा उल्लेख्य योगदान दिने निजी क्षेत्रका इन्फो डेभलपर्स प्रालि ललितपुर र गभर्नेन्स अटोमेसन प्रालिलाई ‘नेसनल आइसिटी अवार्ड’ प्रदान गरिएको छ ।

इन्फोडेभलपर्स विगत दुई दशकदेखि नेपालको सूचना प्रविधि क्षेत्रमा क्रियाशिल र अग्रणी कम्पनी हो । इन्फोडेभलपर्सले नेपाल सरकार, बैंक तथा वित्तीय संस्था, गैरसरकारी संस्था, सहकारी तथा लघुवित्तका लागि महत्वपूर्ण सफ्टवेरहरु विकास गर्दै प्रयोगमा ल्याएको छ । इन्फोडेभलपर्सले नेपालको पहिलो कोर बैंकिङ्ग सफ्टवेयर पुमरीलाई मर्ज गरेर नेपालसहित अन्तर्राष्ट्रिय बजार विस्तारमा समेत काम गरिरहेको छ । इन्फोडेभलपर्सको १० भन्दाबढी महत्वपूर्ण सफ्टवेयर प्रडक्टहरु बजारमा छन् ।

पुमरी, मोबाइल बैंकिङ्ग सेवा, इन्फो ट्याब, वित्तीय सेवा, इन्फिनिटी लगायतका महत्वपूर्ण प्रडक्टहरुले फिनटेक क्षेत्रलाई डिजिटल युगमा परिवर्तन गर्न सघाउ पुर्याएको छ । यसैगरी आधुनिक बैंकिङ्गलाई लक्षित गरेर एआई र क्लाउडमा आधारित अन्तराष्ट्रिय स्तरको नयाँ सफ्टवेयर विकासको क्रममा कम्पनी रहेको छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3

तपाईको प्रतिक्रिया