चितवन अन्तर्राष्ट्रिय औद्योगिक प्रदर्शनीको तयारी पूरा
काठमाडौं । ‘सातौँ चितवन अन्तर्राष्ट्रिय औद्योगिक प्रदर्शनी २०८०’ को तयारी पूरा भएको छ । ‘दिगो आर्थिक विकासका लागि बृहत् अन्तर्राष्ट्रिय औद्योगिक प्रदर्शनी’ भन्ने अभियानसहित उद्यमशीलता विकास र औद्योगिक उत्पादकत्व वृद्धिमा सहयोग पु-याउने उद्देश्यले औद्योगिक प्रदर्शनी हुनलागेको हो ।
आयोजक चितवन उद्योग संघले चितवनमा पत्रकार सम्मेलनको आयोजना गरी प्रदर्शनीको तयारी पूरा भएको जनाएको छ । औद्योगिक प्रदर्शनी वैशाख २२, २३ र २४ गते चितवन प्रदर्शनी केन्द्र भरतपुरमा हुनेछ । प्रदर्शनी चितवन उद्योग संघको आयोजना तथा नेपाल उद्योग परिसंघ र नेपाल घरेलु तथा साना उद्योग महासंघको अभिभावकत्व, मिडिया स्पेस सोलुसन्स प्रा.लि तथा फ्युचर्स ट्रेड फेयर एण्ड इभेन्टको व्यवस्थापकीय साझेदारी र नेपाल सरकार, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय, बागमती प्रदेश सरकार, पर्यटन, उद्योग तथा सहकारी मन्त्रालय, घरेलु तथा साना उद्योग कार्यालय चितवन र चितवनका स्थानीय पालिकाहरुको सहयोगमा हुनलागेको हो ।
औद्योगिक मेसिनरी र प्रविधिसहित निर्माण, कृषि, अटोमोबाइल, फर्निचर, इन्जिनियरिङ, मेटल, प्रिन्टिङ, प्याकेजिङ, प्लाष्टिक, पर्यटन, फूड एण्ड बेभरेजेज तथा अन्य सेवामूलक उद्योगहरुको उत्पादन प्रदर्शनीमा राखिने बताइएको छ । औद्योगिक प्रदर्शनीमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गरी एक सय ५० भन्दा बढी स्टलहरु रहनेछन् । स्टल बिहीबारसम्म बुकिङ गर्न सकिने आयोजकले जनाएको छ । प्रदर्शनी अवलोकनका लागि निःशुल्क प्रवेशको व्यवस्था गरिएको छ ।
उद्यमीहरुलाई आधुनिक प्रविधि अनुसरण गरी औद्योगिक उत्पादकत्व वृद्धिका लागि प्रोत्साहन गर्ने तथा नवीनतम प्रविधि हस्तान्तरणको वातावरण सृजना गर्ने महत्वपूर्ण अवसरको रुपमा प्रदर्शनी रहेको चितवन उद्योग संघका अध्यक्ष त्रिलोचन कँडेलले बताए । प्रदर्शनीमा स्वदेशी एवं विदेशी उद्योगीहरूबीच प्रत्यक्ष भेटघाट तथा छलफल भई औद्यागिक अनुभव तथा ज्ञान आदानप्रदान हुनेछ । प्रदर्शनी नेपाली उद्यमीहरुलाई नयाँ प्रविधिबारे जानकारी गराउँदै युवालाई उद्यमशीलतामा प्रोत्साहन गर्ने/नयाँ उद्यमी जन्माउन सहयोग पुग्ने उपयुक्त अवसर बन्ने कँडेलले बताए ।
संघीय सरकारका उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले प्रदर्शनीको उद्घाटन गर्ने आयोजकले बताएको छ । प्रदर्शनीको दोस्रो दिन उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको तर्फबाट वर्तमान औद्योगिक परिदृश्य, नेपालमा औद्योगिक विकासको सम्भावना र अवसर र नेपाल उद्योग परिसंघको तर्फबाट ‘मेक इन नेपाल स्वदेशी अभियान’ विषयमा गोष्ठी तथा सेमिनार हुनेछ । प्रदर्शनीले वर्तमान समयमा सुस्ताएको अर्थतन्त्रलाई गतिशील बनाउन समेत सहयोग पुग्ने विश्वास लिइएको छ ।
आधुनिक प्रविधिको अनुसरण गर्ने र औद्योगिक अनुभव तथा ज्ञान आदानप्रदानमार्फत उद्यमशीलताको विकासमा सहयोगी हुने अवसरका रुपमा लिइएको यस प्रदर्शनीमा लघु, घरेलु तथा साना उद्योगलाई सहज र किफायती बनाउन मद्दत पु¥याउने साना–साना औजार, मेसिनदेखि ठूला उद्योगमा प्रयोग हुने अत्याधुनिक यन्त्र उपकरणहरु समावेश हुने भएकोले नेपालको औद्योगिक विकासका लागि यस प्रदर्शनीबाट थप बल पुग्ने आयोजकको विश्वास रहेको छ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3
ताजा अपडेट
- प्रधानमन्त्री दाहाल र भारतीय राष्ट्रपतिबीच भेट
- प्रधानमन्त्री दाहाल र भारतीय उपराष्ट्रपतिबीच भेटवार्ता
- वथनाहादेखि विराटनगरसम्म कार्गो रेल सेवा सञ्चालन
- गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा आइएलएस प्रणाली सञ्चालनको बाटो खुल्यो
- १० वर्षमा भारतले नेपालबाट ‘१०,००० मेगावाट बिजुली आयात गर्ने’
- नयाँ कानुनअनुसार नागरिकता वितरण कहिलेदेखि, कसकसले पाउँछन ?
- नक्कली शरणार्थी प्रकरणबारे ‘वास्तविकता चाँडै निर्क्योल हुने’ अमेरिकाको आशा
- गौतमबुद्ध विमानस्थलका लागि आईएलएस अवतरणको सुविधा खुल्ला गर्ने समझदारी
धेरैले पढेको
- सामाजिक सुरक्षा कोषको साढे ३४ अर्ब रुपैयाँ उत्पादन र पूर्वाधारमा लगानी गरिने
- जीवन बीमा कम्पनीले १० महिनामा उठाए एक खर्ब १४ अर्ब बीमाशुल्क
- बाँझो जग्गामा सामूहिक आलु खेती
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- जनता कति टुलुटुलु हेरेर बस्ने ?
तपाईको प्रतिक्रिया