काठमाडौं । भुक्तानी सेवा प्रदायक ई–सेवाले एकमा चार अफर सार्वजनिक गरेको छ । यस अफरअन्तर्गत दैनिक एक रुपैयाँभन्दा कम रूपैयाँमै आफूसहित अन्य चार जना आफन्त तथा साथीभाइको पूर्ण हेल्थ केयर सुविधा खरिद गर्न सकिनेछ ।
यस अफरमा सहभागी भई आफ्नो पूर्ण हेल्थ केयर खरिद गर्न दैनिक एक रुपैयाँभन्दा कम अर्थात् वार्षिक तीन सय ६० रूपैयाँ भुक्तानी गर्नुपर्नेछ । यस्तै आफ्ना अन्य परिवारका सदस्यलाई समावेश गर्नुपरेमा हरेक सदस्यको वार्षिक दुई सय ७० रूपैयाँ शुल्क लाग्नेछ । यसैगरी आफूसहित साथीभाइलाई समावेश गर्नुपरेमा एक जना साथीको वार्षिक तीन सय ६० रूपैयाँका दरले शुल्क भुक्तानी गर्नुपर्नेछ ।
ई–सेवाले आफ्ना प्रयोगकर्ता र उनीहरूका आफन्त र साथीभाइलाई स्वास्थ्य तथा आइपर्ने भवितव्य एवं दुर्घटनालाई मध्यनजर गर्दै हिमालयन एभरेष्ट इन्स्योरेन्ससँगको सहकार्यमा यस किसिमको सुविधा ल्याइएको जनाएको छ । यो सुविधा प्रयोग गर्नका लागि ई–सेवाको मोबाइल एपमा गई ई–सेवा केयर सेवाअन्तर्गत यो प्याकेज खरिद गर्न सकिनेछ । जहाँ ग्राहकहरू आफू, आफ्नो परिवार तथा साथीभाइलाई थुप्रै स्वास्थ्य सेवाहरूका साथै स्वास्थ्य बीमा प्याकेज र दुर्घटना बीमाको सुविधा लिन सकिनेछ ।
हिमालयन एभरेष्ट इन्स्योरेन्सबाट दिइने दुर्घटना उपचार खर्च, अस्पतालको बेड शुल्क, मृत्यु र अशक्ततालाई एक लाख रूपैयाँसम्मको बीमा दाबी गर्न सकिनेछ । यस प्याकेजअन्तर्गत आकस्मिक उपचार र चिकित्सा परीक्षण तथा चोट पटक तथा दुर्घटनापछि अस्पतालमा बुझाउनुपर्ने शुल्कको दाबी गर्न सकिनेछ । यस्तै यो प्याकेजमा एक लाखभन्दा बढीको दुर्घटना बीमा, २४–घण्टाभन्दा बढीको अस्पतालमा भर्ना भएमा १० हजारसम्मको उपचार खर्च, छाला, कपाल तथा ब्यूटी केयरमा २० प्रतिशत छुट प्राप्त गर्न सकिने ईसेवाले जनाएको छ । यसैगरी दाँत सफा गर्दा एवं दन्त उपचारमा पाँच सय रुपैयाँ छुट, फुल बडी चेकअपमा ५० प्रतिशत छुट तथा आँखा र फिटनेस सेवामा २५ प्रतिशत छुट प्राप्त गर्न सकिन्छ भने ई–सेवामा एक सय रिवार्ड पोइन्ट प्राप्त गर्न सकिन्छ ।
यो बीमा प्योकज खरिद गरेका व्यक्तिले बीमा दाबी गर्नको लागि ३५ दिनभित्र हिमालयन एभरेष्ट इन्स्योरेन्समा आवश्यक कागजातसहित सम्पर्क गर्नुपर्नेछ । यस अफरमा गर्भावस्था, गर्भपतन, जन्म नियन्त्रण, बाँझोपनको उपचारका जटिलता, मानसिक वा नर्भस ब्रेक डाउन, जन्मजात वा वंशाणुगत दोष वा अवस्थाहरु, एचआईभी वा कुनै यौनजन्य रोग, रक्सी वा अन्य लागूऔषध दुरूपयोग, आत्महत्या वा कुनै अंग प्रत्यारोपण, वैकल्पिक शल्यक्रिया, प्लास्टिक सर्जरी, नियमित परीक्षण गरिरहनुपर्ने रोगहरूमा भने यो हेल्थ केयर प्याजेजबाट बीमा दाबी गर्न सकिनेछैन । यस प्याकेजमा बीमा खरिद गरेको ३० दिनपछि मात्र अस्पताल भर्नाको दाबी गर्न सकिन्छ । साथै यो अफरमा ६० वर्षभन्दा कम उमेर समूहका व्यक्तिहरूले मात्र सहभागिता जनाउन सक्ने कम्पनीले जनाएको छ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3
ताजा अपडेट
- १७ खर्ब ५१ अर्ब ३१ करोडको बजेट प्रस्तुत (पूर्ण पाठ)
- विदेशी लगानीकर्ताको सहभागितामा पूर्वाधार फण्ड स्थापना गरिने
- कृषिमा दर्जनौँ नयाँ कार्यक्रम
- पशुपन्छीको महामारी नियन्त्रणका लागि भ्याक्सिन उत्पादन गरिने
- गाँजा खेतीको सम्भाव्यता अध्ययन गरिने
- स्थानीय तह र प्रदेशलाई समानीकरण अनुदान एक खर्ब ४६ अर्ब र सःशर्त अनुदान दुई खर्ब २७ अर्ब
- अर्थतन्त्रलाई गतिशील र फराकिलो बनाइनेछ : अर्थमन्त्री डा. महत
- प्रोत्साहन भत्ता र अतिरिक्त भत्ता खारेज
धेरैले पढेको
- बाँझो जग्गामा सामूहिक आलु खेती
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- जनता कति टुलुटुलु हेरेर बस्ने ?
तपाईको प्रतिक्रिया