फायर, सेफ्टी एण्ड सेक्युरिटीसम्बन्धी प्रदर्शनी
काठमाडौं । नेपालमै पहिलोपटक फायर, सेफ्टी एण्ड सेक्युरिटीसम्बन्धी प्रदर्शनी ‘नेपाल फायर, सेफ्टी एण्ड सेक्युरिटी एक्स्पो २०२३’ शुक्रबारदेखि राजधानीमा भईरहेको छ ।
स्टार एक्जिविसन, इण्डियाले राजधानीको प्रदर्शनीमार्गस्थित भृकुटीमण्डप परिसरमा शुक्रबारदेखि आइतबारसम्म प्रदर्शनीको आयोजना गरेको हो । अन्तर्राष्ट्रियस्तरको यस प्रदर्शनीमा फायर, सेफ्टी एण्ड सेक्युरिटी प्रडक्ट, टेक्नोलोजी, इक्विपमेन्ट एण्ड इनोभेसनका नयाँ र विकसित संस्करणहरु प्रदर्शनमा राखिएका छन् । फायर एण्ड सेक्युरिटी एसोसिएसन अफ इन्डिया र एसिया प्यासिफिक सेक्युरिटी एसोसिएसन, नेपाल (एपीएसए–नेपाल च्याप्टर)को सहयोग रहेको यो प्रदर्शनीको व्यवस्थापन डी.एन इभेन्ट्स प्रलिले गरेको छ । प्रर्दशनीमा नेपाल, भारत, चीनबाट करिब ८० भन्दा बढी कम्पनीको सहभागिता जनाएका छन् । यो प्रदर्शनीले संयुक्त उद्यम, प्रविधि हस्तान्तरण, मार्केटिङ व्यवस्थालाई सहज बनाउने अपेक्षा गरिएको छ ।
साथै फायर, सेफ्टी एण्ड सेक्युरिटीका नवीनतम विकासमा दुई देशबीच जनता–जनता सम्पर्क तथा जानकारी दिने एक्स्पोको उद्देश्य रहेको छ । विभिन्न सरकारी निकाय, निजी क्षेत्र र सरोकारवालाहरुसँग छलफल, व्यापार एकै थलोमा गर्न सकिने एक्स्पोमा फायर एण्ड सेक्युरिटीसम्बन्धी सम्पूर्ण जानकारी दिइने आयोजकले जनाएको छ । नेपाल निर्माण व्यवसायी महासंघ (एफक्यान) का अध्यक्ष रवि सिंह, नेपाल इन्जिनियर्स एसोसिएसनका अध्यक्ष डा. हरी बहादुर दर्लामी र नेपालका लागि भारतीय दूतावासबाट वाणिज्य तथा व्यापार विभागका अफिसर तेञ्जिङ फुनटोक भूटियाले संयुक्त रुपमा शुक्रबार एक्स्पोको उद्घाटन गरेका थिए । एक्स्पोको निःशुल्क अवलोकन गर्न सकिनेछ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3
ताजा अपडेट
- १७ खर्ब ५१ अर्ब ३१ करोडको बजेट प्रस्तुत (पूर्ण पाठ)
- विदेशी लगानीकर्ताको सहभागितामा पूर्वाधार फण्ड स्थापना गरिने
- कृषिमा दर्जनौँ नयाँ कार्यक्रम
- पशुपन्छीको महामारी नियन्त्रणका लागि भ्याक्सिन उत्पादन गरिने
- गाँजा खेतीको सम्भाव्यता अध्ययन गरिने
- स्थानीय तह र प्रदेशलाई समानीकरण अनुदान एक खर्ब ४६ अर्ब र सःशर्त अनुदान दुई खर्ब २७ अर्ब
- अर्थतन्त्रलाई गतिशील र फराकिलो बनाइनेछ : अर्थमन्त्री डा. महत
- प्रोत्साहन भत्ता र अतिरिक्त भत्ता खारेज
धेरैले पढेको
- बाँझो जग्गामा सामूहिक आलु खेती
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- जनता कति टुलुटुलु हेरेर बस्ने ?
तपाईको प्रतिक्रिया