जगदम्बा स्टिल्सको फेब्रिकेटर्स रिवार्ड योजना घोषणा
काठमाडौं । जगदम्बा स्टिल्स लिमिटेडले ग्याल्भाल्युम रंगीन जस्तापाता, जगदम्बा सुपर शाइन र जगदम्बा गाल्भा प्लसका लागि आफ्नो नयाँ अभियान ‘फेब्रिकेटर्स रिवार्ड योजना’ योजना सार्वजनिक गरेको छ ।
कम्पनीले ग्रिल तथा स्टिल फेब्रिकेटर्स महासंघको २८औँ वार्षिक साधारणसभा, नवौँ राष्ट्रिय सम्मेलन तथा २९औँ स्थापना दिवसको अवसरमा उपराष्ट्रपति रामसहाय यादवद्वारा उक्त योजना सार्वजनिक गराएको हो । यस अभियानमार्फत जगदम्बा स्टिल्सले आफ्नो ग्याल्भालुम रंगीन जस्तापातालाई आफ्नो परियोजनाहरूमा प्रयोग गर्ने महासंघका सदस्य फेब्रिकेटरहरूलाई रिवार्ड प्रदान गर्दै दुर्घटना बीमाका माध्यबाट उनीहरुको विकासमा सहयोग र सुरक्षा प्रदान गर्ने लक्ष्य राखेको छ ।
फेब्रिकेटर्स रिवार्ड योजना फेब्रिकेटर्सहरुलाई प्रोत्साहन गर्न र लाभ प्रदान गर्न तयार गरिएको योजना हो । यस योजनाअन्तर्गत जगदम्बा सुपरशाइन वा जगदम्बा गाल्भा प्लसप्रति वर्ष पाँचदेखि १० टन किन्ने फेब्रिकेटर्सले प्रतिकिलोग्राम एक रुपैयाँ र प्रतिवर्ष १० टनभन्दा बढी किन्नेले प्रतिकिलोग्राम एक रुपैयाँ ५० पैसा प्राप्त गर्नेछन् जसमा पाँच लाखबराबरको एक वर्षको दुर्घटना बीमा पनि समावेश गरिनेछ ।
जगदम्बा स्टिल्स लिमिटेडसँगको साझेदारीमा नै ग्रिल एण्ड स्टिल फेब्रिकेटर्स नेपाल महासंघले बिहीबार आफ्नो २८औँ वार्षिक साधारणसभा, नवौँ राष्ट्रिय सम्मेलन तथा २९औँ स्थापना दिवस मनाएको थियो । कार्यक्रममा महासंघका अध्यक्ष मोहन कटुवाल र जगदम्बाका महाप्रबन्धक मनोज तिवारीले नेपालमा स्टिल फ्याब्रिकसन उद्योगको महत्व र यसको विकास र प्रवद्र्धनमा महासंघको भूमिकाबारे प्रकाश पारेका थिए ।
कार्यक्रममा उपराष्ट्रपति रामसहायप्रसाद यादवले नेपालमा स्टिल फ्याब्रिकसन उद्योगको विकास र विकासमा महासंघ र यसका सदस्यहरूले पु¥याएको योगदानको प्रशंसा गरेका थिए । जगदम्बा स्टिल्सका महाप्रबन्धक मनोज तिवारीले उद्योगका सरोकारवालाहरूलाई एकसाथ ल्याउन, सहकार्य र सिकाइलाई बढावा दिन यस्ता कार्यक्रमहरूको महत्वपूर्ण हुने बताएका थिए ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3
ताजा अपडेट
- तराईमा उखरमाउलो गर्मी, मजदुरीदेखि पढाइसम्म प्रभावित
- संसद्को रेकर्डबाट कस्तो अभिव्यक्ति हटाइन्छ, ‘असंसदीय शब्द’ के हो ?
- प्रचण्डको भ्रमणपछि नेपाल-भारत सम्बन्धमा अविश्वास बढ्यो कि घट्यो?
- गरिब देशका नर्सहरूको पलायन ‘नियन्त्रणबाहिर’
- चर्च ब्वाइजलाई ए डिभिजन लिगको डेब्यु खेलमै उपाधि
- संसद् बैठक सुरू नभएपछि निराश हुँदै फर्किए विद्यार्थी
- अझै भेटिएनन् सुनकोशीमा बेपत्ता कर्मचारी
- ग्राहकको गोपनीयतामाथि संवेदनशील छौँ : नेपाल टेलिकम
धेरैले पढेको
- कृत्रिम गर्भाधानमा खुलेआम अवैध भारतीय लगानी !
- बाँझो जग्गामा सामूहिक आलु खेती
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
- जनता कति टुलुटुलु हेरेर बस्ने ?
तपाईको प्रतिक्रिया