सातौँ चितवन अन्तर्राष्ट्रिय औद्योगिक प्रदर्शनी
काठमाडौं । सातौँ चितवन अन्तर्राष्ट्रिय औद्योगिक प्रदर्शनी–२०८० भरतपुरस्थित चितवन प्रदर्शनी केन्द्रमा सुरु भएको छ । प्रदर्शनीमा एक सय १० स्टल राखिएको छ । शुक्रबारदेखि सुरु भएको औद्योगिक प्रदर्शनीको उद्घाटन उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजालले गरेका छन् ।
कार्यक्रमा मन्त्री रिजालले स्वदेशी लघु, घरेलु उद्योगलाई प्रवद्र्धनका लागि औद्योगिक प्रदर्शनी महत्वपूर्ण माध्यम बनेको बताए । प्रदर्शनीको माध्यमबाट उद्यमीहरुलाई आधुनिक प्रविधि अनुसरण गरी औद्योगिक उत्पादकत्व वृद्धिका लागि प्रोत्साहन गर्ने बताए । औद्योगिक उत्पादनमा महत्वपूर्ण योगदान गर्ने प्रविधिहरुको अवलोकन गर्न विदेशी प्रदर्शनीमा जानुपर्ने अवस्थाको अन्त्य भएको भन्दै उनले प्रदर्शनीका माध्यमबाट स्वदेशी र विदेशी उद्योगीहरुबीच प्रत्यक्ष भेटघाट तथा छलफल गरी औद्योगिक अनुभव तथा ज्ञान आदान प्रदानबाट लाभ लिन उद्योगीहरुलाई आग्रह समेत गरेका थिए । यस्ता प्रदर्शनीहरुको माध्यमबाट सुस्ताएको अर्थतन्त्रलाई गतिशिल बनाउन समेत सहयोग पुग्ने उनको भनाइ थियो ।
औद्योगिक प्रदर्शनी आयोजक चितवन उद्योग संघका अध्यक्ष त्रिलोचन कँडेलले मागमा आएको उच्च संकुचनका बाबजुद आर्थिक गतिविधिलाई चलायमान बनाउने, उत्पादन वृद्धिमा सहयोग गर्ने उद्देश्यले प्रर्दशनी आयोजना गरिएको बताए । प्रदर्शनीमा स्वदेशीसहित भारतका उद्योग तथा प्रविधिहरु रहेको उनले जानकारी दिए । उनका अनुसार प्रदर्शनीमा स्वदेशी उद्योगीहरुलाई विभिन्न निकायको प्रवद्र्धन सहयोगमार्फत पूर्ण तथा आंशिक छुटसहितको स्टलहरु उपलब्ध गराइएको छ । कार्यक्रममा नेपाल उद्योग परिसंघका वरिष्ठ उपाध्यक्ष राजेशकुमार अग्रवालले अर्थतन्त्र निकै चुनौतीपूर्ण अवस्थामा रहेको भन्दै निजी क्षेत्रको मनोबल बढाउने गरी काम गर्न सरकारलाई आग्रह गरे । आगामी बजेट तथा मौद्रिक नीतिमार्फत निजी क्षेत्रको समस्या सम्बोधन हुने विश्वास आफूहरुको रहेको समेत उनले बताए ।
नेपाल घरेलु तथा साना उद्योग महासंघका अध्यक्ष उमेशप्रसाद सिंहले लाखौँ रुपैयाँ खर्च गरेर प्रविधि अवलोकनको लागि विदेशिनुपर्ने अवस्थाको अन्त्य गर्नको लागि प्रदर्शनीको ठूलो योगदान रहेको बताए । प्रदर्शनीको दोस्रो दिन शनिबार नेपाल सरकार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको तर्फबाट वर्तमान औद्योगिक परिदृश्य, नेपालमा औद्योगिक विकासको सम्भावना र अवसरका विषय र नेपाल उद्योग परिसंघको तर्फबाट ‘मेक इन नेपाल स्वदेशी अभियान’का विषयमा गोष्ठी तथा सेमिनार आयोजना गरिएको छ ।
स्वदेशी लघु, घरेलु तथा साना उद्योगहरुको प्रवद्र्धन गर्ने उद्देश्यले आयोजना गरिएको प्रदर्शनीमा औद्योगिक मेसिनरी र प्रविधिसहित निर्माणजन्य, कृषिजन्य, फर्निचर, इन्जिनियरिङ, मेटल, प्रिन्टिङ्ग, प्याकेजिङ्ग, प्लाष्टिक, पर्यटन, फूड एण्ड बेभरेजेज तथा अन्य सेवामूलक उद्योगहरुको लागि आवश्यक मेसिन तथा प्रविधि र औद्योगिक उत्पादनका स्टलहरु राखिएका छन् ।
औद्योगिक प्रदर्शनी नेपाल सरकार, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय, बागमती प्रदेश सरकार, पर्यटन, उद्योग तथा सहकारी मन्त्रालय, घरेलु तथा साना उद्योग कार्यालय चितवन तथा चितवनका स्थानीय पालिकाहरुको प्रवद्र्धन सहयोग र संघको केन्द्रीय छाता संस्था नेपाल उद्योग परिसंघ एवम् नेपाल घरेलु तथा साना उद्योग महासंघको अभिभावकत्व र मिडिया स्पेस सोलुसन्स प्रालि तथा फ्युचर्स ट्रेड फेयर एण्ड इभेन्टको व्यवस्थापकीय साझेदारीमा आयोजना गरिएको हो । प्रदर्शनी आइतबार सकिनेछ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3
ताजा अपडेट
- १७ खर्ब ५१ अर्ब ३१ करोडको बजेट प्रस्तुत (पूर्ण पाठ)
- विदेशी लगानीकर्ताको सहभागितामा पूर्वाधार फण्ड स्थापना गरिने
- कृषिमा दर्जनौँ नयाँ कार्यक्रम
- पशुपन्छीको महामारी नियन्त्रणका लागि भ्याक्सिन उत्पादन गरिने
- गाँजा खेतीको सम्भाव्यता अध्ययन गरिने
- स्थानीय तह र प्रदेशलाई समानीकरण अनुदान एक खर्ब ४६ अर्ब र सःशर्त अनुदान दुई खर्ब २७ अर्ब
- अर्थतन्त्रलाई गतिशील र फराकिलो बनाइनेछ : अर्थमन्त्री डा. महत
- प्रोत्साहन भत्ता र अतिरिक्त भत्ता खारेज
धेरैले पढेको
- बाँझो जग्गामा सामूहिक आलु खेती
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- जनता कति टुलुटुलु हेरेर बस्ने ?
तपाईको प्रतिक्रिया