नेपालमा भिभो भी२७ सिरिजको प्रि–बुकिङ खुला
काठमाडौं । स्मार्टफोन ब्राण्ड भिभोले आफ्नो फ्ल्यागशिप भी सिरिजअन्तर्गत बहुप्रतीक्षित नयाँ स्मार्टफोन भी२७ सिरिज सार्वजनिक गरी प्रि–बुकिङ खुला गरेको छ । कम्पनीका भी२७ सिरिजअन्तर्गतका दुई स्मार्टफोनहरु वैशाख २५ देखि ३१ गतेसम्म प्रि–बुकिङ लागि उपलब्ध हुनेछन् ।
ग्राहकहरुले तीन हजार रुपैयाँ तिरेर भी२७ फाइभजी वा भी२७ईको प्रि–बुकिङ गर्न सक्नेछन् । यस्तै भी२७ फाइभजीको प्रि–बुकिङमा भिभो टीडब्लुएस एयर र भी२७ईको प्रि–बुकिङमा नोइज कलर फिट ग्रान्ड एयरबड पाउनेछन् । फोनमा स्लिक डिजाइन, भी२७ फाइभजीमा औरा लाइट पोट्र्रेट सिस्टम, ४६०० एमएएच ब्याट्री र ६६ वाट प्mल्यास चार्ज लगायतका आकर्षक विशेषताहरु छन् । भिभो नेपालका जनरल म्यानेजर माइकलले भी सिरिजको उत्कृष्ट कार्यसम्पादन तथा नवीन विशेषताहरुले गर्दा प्रयोगकर्ताहरू सधैँ यस स्मार्टफोनहरूप्रति आकर्षित हुँदै आएको बताए ।
कम्पनीका अनुसार भी२७ सिरिजका स्मार्टफोनहरूले मोबाइल फोटोग्राफीको गेम–परिवर्तनको रूपमा काम गर्नेछ । भी२७ फाइभजीमा औरा लाइट पोर्ट्रेट प्रणाली छ, जसले ग्लोइङ पोर्ट्रेटमा एक्सपोजरलाई बढाएर उत्कृष्ट एवं आकर्षक फोटोहरु खिच्न मद्दत गर्दछ । भी२७ फाइभजीमा ५०एमपी अल्ट्रा–सेन्सिङ रियर क्यामेरा र ५०एमपी अटोफोकस सेल्फी क्यामेराको साथमा सोनी आईएमएक्स ७६६भी सेन्सर छ । साथै, भी२७ फाइभजीले सफ्ट र एक समान प्रकाश प्रभाव प्रदान गर्दछ । त्यस्तै भी२७ईको ६४एमपी ओआईएस अल्ट्रा–सेन्सिङ क्यामेराले स्थिर स्न्यापसटहरू प्रदान गर्दछ र कम प्रकाश अवस्थाहरूमा खिचिएका तस्बिरहरुको गुणस्तर वृद्धि गर्ने दाबी कम्पनीको छ । भी२७ फाइभजी भिभोको नेपालको पहिलो १२० हर्ज थ्रीडी कर्भ स्मार्टफोन हो ।
भी २७ई मा २.५डी स्क्रिन र १२० हर्ज एमोलेड डिस्प्ले रहेको छ । यो सिरिजमा ४६०० एमएएच ब्याट्री र ६६ वाट फ्ल्यासचार्ज छ । दुवै फोनहरु १९ मिनेटमा ५० प्रतिशतसम्म चार्ज गर्न सकिन्छ । यस्तै मिडियाटेक डाइमेन्सिटी ७२०० प्रोसेसर रहेको छ, जुन ४एनएम मेकानिज्ममा छ ।
भी२७ फाइभजी दुई आकर्षक रंगहरू म्याजिक ब्लू र नोबल ब्ल्याकमा ५८ हजार नौ सय ९९ रुपैयाँमा उपलब्ध हुनेछ । यस्तै भी२७ई दुई उत्कृष्ट रंगहरू ल्याभेन्डर पर्पल र ग्लोरी ब्ल्याकमा ४१ हजार नौ सय ९९ मा उपलब्ध हुनेछ । दुवै स्मार्टफोनहरु ८+२५६ जीबी भेरियन्टमा जेठ १ गतेबाट देशभरका सबै रिटेल स्टोरहरु र ईकर्मसमा उपलब्ध हुने कम्पनीले जनाएको छ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3
ताजा अपडेट
- प्रधानमन्त्री दाहाल र भारतीय राष्ट्रपतिबीच भेट
- प्रधानमन्त्री दाहाल र भारतीय उपराष्ट्रपतिबीच भेटवार्ता
- वथनाहादेखि विराटनगरसम्म कार्गो रेल सेवा सञ्चालन
- गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा आइएलएस प्रणाली सञ्चालनको बाटो खुल्यो
- १० वर्षमा भारतले नेपालबाट ‘१०,००० मेगावाट बिजुली आयात गर्ने’
- नयाँ कानुनअनुसार नागरिकता वितरण कहिलेदेखि, कसकसले पाउँछन ?
- नक्कली शरणार्थी प्रकरणबारे ‘वास्तविकता चाँडै निर्क्योल हुने’ अमेरिकाको आशा
- गौतमबुद्ध विमानस्थलका लागि आईएलएस अवतरणको सुविधा खुल्ला गर्ने समझदारी
धेरैले पढेको
- सामाजिक सुरक्षा कोषको साढे ३४ अर्ब रुपैयाँ उत्पादन र पूर्वाधारमा लगानी गरिने
- जीवन बीमा कम्पनीले १० महिनामा उठाए एक खर्ब १४ अर्ब बीमाशुल्क
- बाँझो जग्गामा सामूहिक आलु खेती
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- जनता कति टुलुटुलु हेरेर बस्ने ?
तपाईको प्रतिक्रिया