छैटौँ चेम्बर एक्स्पो बिहीबारबाट सुरु हुने
काठमाडौं । नेपाल चेम्बर अफ कमर्सको आयोजनामा छैटौँ चेम्बर एक्स्पो काठमाडौंको भृकुटीमण्डपमा बिहीबारबाट सुरु हुने भएको छ । जेठ ४ गतेदेखि ८ गतेसम्म चल्ने व्यापार मेलामा स्वदेशी उत्पादनसँगै विभिन्न अन्तर्राष्ट्रिय वस्तुहरूको प्रदर्शनी गरिने चेम्बरले जनाएको छ ।
छैटौं संस्करणमा व्यापारिक अन्तक्र्रिया, आयात निर्यातको सूचना आदान प्रदान एवं नेपाली वस्तुहरूको बजारीकरणमा जोड दिइने चेम्बर अध्यक्ष राजेन्द्र मल्लले बताए । मुलुकभित्र आयोजना हुने अन्तर्राष्ट्रियस्तरका व्यापार मेला तथा प्रदर्शनीहरूले उत्पादन, उपभोक्ताको चाहना एवं बजारीकरण तथा व्यापारिक गतिविधिहरूको प्रत्यक्ष अवलोकन गर्न सकिने अध्यक्ष मल्लको भनाइ छ । चेम्बर एक्स्पोले बाह्य व्यापारिक समुदायसँग सहकार्य भई स्वदेशी उद्यमी व्यवसायीहरूमा प्रतिस्पर्धात्मक क्षमता अभिवृद्धि गर्न समेत प्रभावकारी भूमिका खेल्ने उनले बताए ।
चेम्बर एक्स्पोमा नेपाली हस्तकलाका उत्पादनहरु, घरेलु तथा खाद्यान्नका सामग्रीहरु, जडिबुटीजन्य वस्तुहरू प्रदर्शनी गरिने चेम्बरले जनाएको छ । यस्तै, अटोमोबाइल, विद्युतीय सामग्री, फेसन वेयर, छालाजन्य वस्तुहरू समेत प्रदर्शनीमा राखिने छ । मेलाको करिब डेढ लाख जनाले अवलोकन गर्ने व्यापार मेला समितिका सभापति राष्ट्रभूषण चाकुबजीले बताए । मेलामा नेपाललगायत भारत, पाकिस्तान, बंगलादेश तथा अन्य विभिन्न मुलुकमा उत्पादित सामग्रीहरूको स्टल रहने छ । मुलुकको अर्थतन्त्र चलायमान बनाउन एवं गुणस्तरीय वस्तु प्रयोग गर्नका लागि उपभोक्तालाई सचेत गराउने उद्देश्यले मेला आयोजना गरिएको अध्यक्ष मल्लले बताए ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3
ताजा अपडेट
- नयाँ कानुन अनुसार नागरिकता वितरण ‘तत्काल कार्यान्वयन नगर्न’ सर्वोच्च अदालतको आदेश
- ओडिशा रेल दुर्घटनामा नेपाली नागरिक परे-नपरेको बुझ्ने काम जारी: नेपाली दूतावास
- गण्डकी प्रदेश सरकारको नीति तथा कार्यक्रम प्रस्तुत
- समसामयिक राजनीतिक व्यङ्ग्य
- विपन्न गर्भवतीलाई निःशुल्क अल्ट्रासाउण्ड
- दश प्रतिशत बिरामीको निःशुल्क उपचार गर्न निर्देशन
- राष्ट्रिय योजना आयोगले पायो पूर्णता
- पाकिस्तानको मुद्रास्फीति दरमा नयाँ रेकर्ड
धेरैले पढेको
- बाँझो जग्गामा सामूहिक आलु खेती
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
- जनता कति टुलुटुलु हेरेर बस्ने ?
तपाईको प्रतिक्रिया