वैशाखमा एक अर्ब ६४ करोडको विदेशी लगानी स्वीकृत
वैशाख महिनामा एक अर्ब ६४ करोड ८३ लाख २० हजार रुपैयाँबराबरको विदेशी लगानी प्रतिबद्धता आएको उद्योग विभागले जनाएको छ । विभागका अनुसार २८ वटा उद्योगका लागि नयाँ विदेशी लगानी स्वीकृति भएको हो । कुल एक हजार दुई सय ७२ जनालाई रोजगारी दिनेगरी लगानी प्रतिबद्धता आएको विभागले जनाएको छ ।
विभागका अनुसार चैतमा ३३ वटा उद्योगका लागि सात अर्ब ५५ करोड १८ लाख रुपैयाँको विदेशी लगानी स्वीकृत भएको थियो । यी उद्योगमा एक हजार चार सय ४९ जनालाई रोजगारी प्रस्ताव गरिएको थियो ।चालू आर्थिक वर्षको १० महिना (साउनदेखि वैशाख)सम्म २९ अर्ब ७४ करोड एक लाख ४३ हजार सात सय चार रुपैयाँबराबरको विदेशी लगानी प्रतिबद्धता आएको विभागले जनाएको छ । यो लगानी दुई सय १९ उद्योग सञ्चालनका लागि आएकोे हो । यी उद्योगमा १२ हजार एक सय ७१ जनाले रोजगारी पाउने प्रस्ताव गरिएको छ ।
ठूलो रकममा लगानी प्रतिबद्धता आएको भए पनि साउनदेखि चैतसम्म एक अर्ब ६२ करोड १० लाख रुपैयाँ मात्रै लगानीको रूपमा विदेशबाट रकम नेपाल भित्रिएको राष्ट्र बैंकको तथ्यांकमा देखिन्छ ।विभागका अनुसार वैशाख महिनामा स्वदेशी तथा विदेशी गरी कुल ३१ वटा उद्योगका लागि ११ अर्ब ४५ करोड रुपैयाँको लगानी प्रस्ताव आएको छ । जसमा दुई हजार एक सय ५५ जनालाई रोजगारी प्रस्ताव गरिएको छ । वैशाखमा दर्ता भएका उद्योगमध्ये २६ वटा साना, तीनवटा ठूला र दुईवटा मझौला उद्योग छन् ।
चैतमा दर्ता भएका स्वदेशी तथा विदेशी उद्योगको संख्या ३३ थियो । जसमा कुल तीन हजार छ सय १२ जनालाई रोजगारी दिनेगरी २५ अर्ब ४४ करोड रुपैयाँ लगानी प्रस्ताव स्वीकृत भएको थियो ।चालू आर्थिक वर्षको साउनदेखि वैशाखसम्म स्वदेशी र विदेशी गरी कुल दुई सय ४८ उद्योगका लागि एक खर्ब ९२ अर्ब रुपैयाँबराबरको लगानी प्रस्ताव आएको छ । जसमा १८ हजार पाँच सय २४ जनाले रोजगारी पाउनेछन् । प्रस्तावित उद्योगमध्ये एक सय ३० वटा साना उद्योग हुन् । यस्तै ६२ वटा मझौला र ५६ वटा ठूला उद्योग दर्ता भएका छन् ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #Page 1
ताजा अपडेट
- १७ खर्ब ५१ अर्ब ३१ करोडको बजेट प्रस्तुत (पूर्ण पाठ)
- विदेशी लगानीकर्ताको सहभागितामा पूर्वाधार फण्ड स्थापना गरिने
- कृषिमा दर्जनौँ नयाँ कार्यक्रम
- पशुपन्छीको महामारी नियन्त्रणका लागि भ्याक्सिन उत्पादन गरिने
- गाँजा खेतीको सम्भाव्यता अध्ययन गरिने
- स्थानीय तह र प्रदेशलाई समानीकरण अनुदान एक खर्ब ४६ अर्ब र सःशर्त अनुदान दुई खर्ब २७ अर्ब
- अर्थतन्त्रलाई गतिशील र फराकिलो बनाइनेछ : अर्थमन्त्री डा. महत
- प्रोत्साहन भत्ता र अतिरिक्त भत्ता खारेज
धेरैले पढेको
- बाँझो जग्गामा सामूहिक आलु खेती
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- जनता कति टुलुटुलु हेरेर बस्ने ?
तपाईको प्रतिक्रिया