महिन्द्राको नयाँ एक्सयुभी इटहरीमा
काठमाडौं । अग्नि ग्रुपले सुनसरीको इटहरी उप–महानगरपालिकामा नयाँ ट्विन पिक्स ब्राण्डेड महिन्द्राको एक्सयुभी सार्वजनिक गरेको छ । भारतको अग्रणी एसयूभी निर्माता महिन्द्रा एण्ड महिन्द्राले आफ्नो फ्ल्यागसिप ग्लोबल एसयुभी– एक्सयुभी ७०० (एक्सयुभी, ७ डबल ‘ओ’ र एक्सयुभी ३०० (एक्सयुभी, ३ डबल ‘ओ’ का रूपमा उच्चारण गरिने) सार्वजनिक गरी बिक्री, सेवा र पार्टपुर्जासहितको सोरुम इटहरीमा स्थापना गरेको हो ।
नेपालमा भित्रिएका नयाँ ट्विन पिक्स ब्रान्डेड सबै शृङ्खलाका सवारी साधनसहितको थ्रिएस सेटअपयुक्त यो सोरुम नेपाल उद्योग वाणिज्य महासंघ इटहरीका अध्यक्ष जीवन पराजुली र अग्नि ग्रुपका प्रबन्ध निर्देशक क्याबिनेट श्रेष्ठले बुधबार एक कार्यक्रमका बीच उद्घाटन गरेका हुन् । काठमाडौंमा एक्सयुभी ७०० र एक्सयुभी ३०० को सफलतापूर्वक भव्य शुभारम्भ गरेपछि कम्पनीको इटहरीको यो सोरुम क्षेत्रीयस्तरमा पहिलो आधिकारिक सोरुम बनेको छ ।
महिन्द्राले आफ्नो पहिचानयुक्त एक्सयुभी ७०० र एक्सयुभी ३०० नयाँ ट्विन पिक्स ब्रान्डेड सोरुमले प्रिमियम एसयुभी सेगमेन्टमा मानक कायम गर्नेछ । कम्पनीका अनुसार यो यस क्षेत्रका लागि कम्पनीको पूर्ण सुविधाले सुसज्जित आधिकारिक सोरुम हो । नेपाली बजारमा एक्सयुभी ७०० र एक्सयुभी ३०० को प्रारम्भिक मूल्य क्रमशः ७४ लाख रुपैयाँ र ४२ लाख ९५ हजार रुपैयाँ रहेको छ ।
अग्नि ग्रुपका प्रबन्ध निर्देशक श्रेष्ठका अनुसार कम्पनी उपभोक्ताको आवश्यकताअनुसार विभिन्न शृङ्खलाका उत्पादनहरू उपलब्ध गराउनमा केन्द्रित रहेको छ । सबै महिन्द्रा बिक्री केन्द्रहरूमा समान गुणस्तर सेवाका कारण अधिकतम उपभोक्ता सन्तुष्टि पनि पाइरहेको कम्पनीको दाबी छ । कार्यक्रममा अग्नि ग्रुपको इटहरीका लागि आधिकारिक विक्रेता रोयल अटो इन्टरप्राजेजका प्रबन्ध निर्देशक किरण भट्टराईले इटहरी र आसपासका ग्राहकहरूलाई अधिकतम सुविधा र किफायती रूपमा सेवा उपलब्ध गराई लाभ प्रदान गर्ने मूल उद्देश्य राखेर नयाँ सोरुम स्थापना गरिएको बताए ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3
ताजा अपडेट
- सिटिइभिटीका कर्मचारी खोज्न सशस्त्र प्रहरीको गोताखोर परिचालन
- स्वास्थ्यमन्त्रीद्वारा विपन्न र असहायको निःशुल्क उपचार नगर्ने अस्पताललाई कारबाही
- भारतीय दूतावास अगाडि युवा संगठनको विरोध प्रदर्शन
- नक्कली ‘वर्क पर्मिट’ बनाएर ठगी गर्ने गिरोहसँग सावधान
- पाँच वर्षमा हुने संसारीमाईको सप्ताहव्यापी महापूजा सुरु
- देउवाले गरेका पार्टी हित विपरीतका निर्णय सहेर नबस्ने : गगन थापा
- सुनकोशी नदीमा बेपत्ता तीनको पहिचान खुल्यो
- नेकपा एमालेको सचिवालय बैठक सुरु
धेरैले पढेको
- बाँझो जग्गामा सामूहिक आलु खेती
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
- जनता कति टुलुटुलु हेरेर बस्ने ?
तपाईको प्रतिक्रिया