आर्थिक संकट समाधानमा सहकार्य गर्न आग्रह
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले अहिलेको आर्थिक संकट समाधानका लागि सहकार्य गर्न विकास साझेदारसमक्ष आग्रह गरेका छन् । नेपालका लागि संयुक्त राष्ट्र संघका आवासीय संयोजक हाना सिङ्गरसँग बिहीबार महासंघ सचिवालयमा भएको भेटमा उनले समस्या समाधानका लागि रणनीति तय गर्ने, लगानीको वातावरण बनाउने, दक्ष जनशक्ति उत्पादन तथा रोजगारी सिर्जना गर्ने प्रमुख प्राथमिकतामा सहकार्य गर्न आग्रह गरे ।
उक्त भेटवार्तामा दिगो विकासका लक्ष्यहरू कार्यान्वयन र अतिकम विकसित मुलुकबाट नेपालको स्तरोन्नतिबाट पर्न सक्ने प्रभाव न्यूनीकरणका लागि सहकार्य गर्ने विषयमा छलफल भएको थियो । साना तथा मझौला उद्योग व्यावसायको क्षमता विकास, दक्ष जनशक्ति उत्पादन, निजी क्षेत्र र तीनै तहका सरकारसँगको सहकार्यलगायतका विषयमा सहकार्य गर्नेबारे पनि दुई संस्थाका प्रमुखबीच छलफल भएको महासंघले जनाएको छ । अध्यक्ष ढकालले मुलुकभर बलियो सञ्जाल हुनुका साथै तल्लो तहसम्म पुग्न सक्ने संरचना महासंघको भएकाले दिगो विकास लक्ष्य पूरा गर्न महासंघ महत्वपूर्ण साझेदार हुन सक्ने बताएका थिए ।
सो अवसरमा आवासीय संयोजक हाना सिंगरले दिगो विकास लक्ष्य र स्तरोन्नति विशेष चासोको विषय रहेको बताइन् । लक्ष्य हासिल गर्न स्तरोन्नतिबाट नकारात्मक प्रभाव न्यूनीकरणका लागि महासंघको भूमिका प्रभावकारी हुने उनको धारणा थियो । स्तरोन्नतिलाई सहज बनाउन रणनीति तयार पार्ने क्रममा सरकार, निजी क्षेत्र र संयुक्त राष्ट्र संघले सहकार्य गर्न सक्ने उनले बताइन् । सो अवसरमा महासंघका महानिर्देशक गोकर्णराज अवस्थीले दिगो विकासका लक्ष्यहरू र आर्थिक स्तरोन्नतिमा महासंघका तर्फबाट अहिलेसम्म भएका प्रयासहरूका सम्बन्धमा जानकारी गराएका थिए । उक्त औपचारिक भेटवार्तामा संयुक्त राष्ट्र संघ नेपाल कार्यालय र महासंघ सचिवालयका अधिकारीहरूको उपस्थिति थियो ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #Page 8
ताजा अपडेट
- सर्वोच्च अदालतमा नागरिकता विधेयक खारेजीको माग
- सिटिइभिटीका कर्मचारी खोज्न सशस्त्र प्रहरीको गोताखोर परिचालन
- स्वास्थ्यमन्त्रीद्वारा विपन्न र असहायको निःशुल्क उपचार नगर्ने अस्पताललाई कारबाही
- भारतीय दूतावास अगाडि युवा संगठनको विरोध प्रदर्शन
- नक्कली ‘वर्क पर्मिट’ बनाएर ठगी गर्ने गिरोहसँग सावधान
- पाँच वर्षमा हुने संसारीमाईको सप्ताहव्यापी महापूजा सुरु
- देउवाले गरेका पार्टी हित विपरीतका निर्णय सहेर नबस्ने : गगन थापा
- सुनकोशी नदीमा बेपत्ता तीनको पहिचान खुल्यो
धेरैले पढेको
- बाँझो जग्गामा सामूहिक आलु खेती
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
- जनता कति टुलुटुलु हेरेर बस्ने ?
तपाईको प्रतिक्रिया