काठमाडौं । युवाहरूलाई अन्वेषण र नेतृत्व क्षमता विकास गर्नका लागि विश्वव्यापी प्लेटफार्मको रूपमा काम गर्दै आएको आइसेक नेपालले ग्लोबल भिलेज २०२३ एक्स्पोको आयोजना गर्ने भएको छ । शुक्रबार ललितपुरको पुल्चोकस्थित लबिम मलमा एक्स्पोको उद्घाटन हुने आयोजकले बताएको छ ।
एक्स्पोमा २७ भन्दा बढी स्थानीय उद्यमी तथा व्यवसायीहरूको स्टल रहने जनाइएको छ । किचन रेसिपी बाई हजुरी विष्ट, खद्दर नेपाल, चाईचाई कन्फेक्सनरी, स्क्रबस् नेपाल फ्ललेस, रि कृति, न्यानो माया, काभ्या क्रिएसन्स, अल्छीको पसल, माया न्युज, कटन मिल नेपाल, हेम्पको, दिगो नेपाल, लाभन्या, जमर्को नेपाल, लुहा स्टुडियो, बाला स्टुडियो, असली हिमाली, हिमालयन हनी, हिमालयन बज्, इको साथी, बोधिसत्व, कोसिस इन्टरप्राइजेज, गोर्खे लेजेन्डरी, भित्री इनर वेयर, ब्लिस बल्स, ट्वाक्क चिल्लिज र मेराकी नेपालजस्ता संस्थाहरूले स्टल राख्ने आयोजकले जनाएको छ । यस्तै, पाँचभन्दा बढी मनोरञ्जनात्मक प्रस्तुति रहने छन् । जसमा प्लास मोब, एकल गायन, ब्याण्ड पर्फमेन्स र कथावाचन रहने छन् ।
कार्यक्रमको भेन्यु पार्टनरको रूपमा लबिम मल, गिफ्ट पार्टनरको रूपमा चाईचाई कन्फेक्सनरी रहेका छन् । कार्यक्रम दिउँसो एक बजेदेखि सात बजेसम्म सञ्चालन हुने पार्टनरसिप अफिसर रोशिका डाँगीले जानकारी दिइन् । निःशुल्करूपमा प्रवेश पाउने कार्यक्रममा छ हजारभन्दा बढी प्रदर्शनकर्ताको सहभागिता रहने आयोजकको विश्वास छ । यो एक्स्पोबाट नेपाली कला र संस्कृतिको विविधता र समृद्धि झल्किने बताइएको छ । एक्स्पोमा खाना, पहिरन, कला र संगीतको माध्यमबाट एकता र नेपाली जीवनशैलीको अनुभव गर्न पाइने छ ।
एक्स्पोको माध्यमबाट नेपाली कला, संस्कृति प्रवर्द्धन हुने तथा स्टार्टअप र कम्पनीहरूलाई आफ्नो उत्पादन र सेवाहरू प्रदर्शन गर्ने थलोको रूपमा रहने आइसेक नेपालका प्रमुख सत्कारराज श्रेष्ठले बताए । आइसेक नेपालले हरेक वर्ष एक उत्सवको रूपमा ग्लोबल भिलेज एक्स्पो गर्दै आएको छ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3
ताजा अपडेट
- राष्ट्रियसभामा शोक प्रस्ताव पारित
- विभिन्न देशका लागि राष्ट्रपतिद्वारा राजदूत नियुक्त
- राष्ट्र विरोधी अपराधमा संलग्न व्यक्तिलाई कारबाही गर्नुपर्छ : महेश बर्तौला
- नेपालको समग्र हितको रक्षापछि मात्र संसदको गतिरोध अन्त्य हुन्छ : ओली
- रियलमीद्वारा नार्जो एन–५३ र नार्जो एन–५५ सार्वजनिक
- ‘भिभो ५जी टक’ कार्यक्रम
- टेलिकमको नयाँ सेवा
- छत्रपाटी निशुःल्क चिकित्सालयको सचेतना -याली
धेरैले पढेको
- बाँझो जग्गामा सामूहिक आलु खेती
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
- जनता कति टुलुटुलु हेरेर बस्ने ?
तपाईको प्रतिक्रिया